Showing posts with label अन्तर्वार्ता. Show all posts
Showing posts with label अन्तर्वार्ता. Show all posts

Wednesday, March 7, 2018

दारी ग्याङ के हो ?दारि ग्याङ एउटा संस्था हो या होइन ?पुरा पढ्नुहोस

दारी ग्याङ के हो ?दारि ग्याङ एउटा संस्था हो या होइन ?पुरा पढ्नुहोस

“केहो दारी त दरो पालिएछ त्,दारी ग्याङ हो ?” यो प्रश्न सायदनै धेरै युवालाई सोधिने गरिन्छ आजकाल्| पछिल्लो समय एउटा चल्ती नै भएको छ दारी पाल्ने|सामाजिक सञ्जालमा अत्यधिक चर्चा पाएको यो सब्द (दारी ग्याङ) कसरी स्थापना भयो ?यस्को लक्ष्य के हो ?जस्ता अन्य यहिकुराको सेरोफेरोमा रहेर दारी ग्याङका सदस्य तथा ग्रुपका एड्मिन अभिषेक राज सिंह थापासँग गरिएको कुराकानी
दारी ग्याङको स्थापनाबारे थोरै भन्दिनुन?
स्थापना चाँही जग्स ,मनोज ,मुकेश ,सत्यमोहन जोशी को घरमा व्यक्तिगत काम ले जाँदा, जोशी सरको घरमा पहिलेनै अरु कोइ दरी पालेक युवाहरु गको रैछन । अनि हाम्रो समुह त्यहाँ जाँदा जोशी सरले मजाक्मा “के हो आज सबै दरी पलेका मात्र आका छन भनु भएछ जिस्केर । अनि पछी यही कुरा जग्दिश मनोज मुकेश हरुको समुहमा छलफल भयो कि हामी पनि एउटा पेज खोलेर एड्मिन बन्दा कस्तो जिम्मेवार बोध हुन्छ भनेर कुरा भयो र अनिल भाई ले पेज बनायो । नाम यही दारी ग्याङ भयो ।
पछिल्लो समय दारि ग्याङ निक्कै चर्चित छ,यो देखेर तपाईंलाई कस्तो लाग्छ?

-“खुसी अनि दुख दुबै लाग्छ
खुसी यो कारणले कि सबै युवाहरु लाई एकै ठाउँमा राम्रो काम को लागि प्रोत्साहान गरेर लगेको छौँ । सहयोग गर्न सकेको छौँ
दु:ख यो कारणले कि कतै हामीले अझै पनि कतै आवश्यक परेका लाई सहयोग गर्न त चुक्यौँकी भनेर्|”
दारि ग्याङ एउटा संस्था हो?हो भने यस्मा सदस्य बन्न के के गर्नु पर्छ?
-“संस्था होईन,दर्ता गरेको छैन ।
दर्ता नभएपनी ।सदश्य बन्न चाँही २ वटा प्रश्न को उत्तर दिनु पर्छ”
के के हुन ति प्रश्न ?
-तपाईं किन दारी ग्याङ मा सदस्य बन्न चाहानुहुन्छ ?
-तपाईं दारी ग्याङ बाट के चाहानुहुन्छ ?
दर्ता नगरि सहयोग गर्दा पारदर्शी होला त ?
-पारदर्सिता नहोला तर बनाउने कोसिश । केही नगर्नु भन्दा केहि गर्नु राम्रो जस्तो लाग्छ । बिस्तारै हामी दर्ता पनि हुने सोचमा छौँ । सामाजिक कार्य गर्न को लागि दर्ता नै हुनु पर्छ जस्तो लाग्दैन मलाई|
खासमा दारी ग्याङको लक्ष्य के हो?ग्याङ भनिएको छ,यो शब्दले नकारात्मक अर्थ लगाउछ जस्तो लाग्दैन?
“लक्ष्य-युवाहरुलाई जम्मा गरेर सामाज सेवाकोलागी प्रोत्साहान गर्ने हो र नेपाली चलचित्र उद्धोगलाई प्रोत्साहान गर्ने हो र जुन जुन क्षेत्रमा हामी पुग्न सक्छौँ त्यहाँ त्यहाँ सहयोग गर्ने हो”
“त्यही ग्याङ शब्दको अर्थ बदल्ने हाम्रो सोच छ”
पछिल्लो समय सहयोग गर्ने समुह धेरै खोलिन्छन,र हामिले देखि रहेकाछौँ कि धेरै व्यक्तिगत फाइदाका लागि हुन्छ यसलाइ कसरी लिनु भएको छ तपाईंले?
-“तुलना गर्नु हुन्न जस्तो लाग्छ मलाई । सबै समुह्ले आफ्नो आफ्नो काम गरेका छन्, हामी पनि आफ्नै सोच बिचार लिएर आगाडी बढ्दै छौँ । हामिले व्यक्तिगत फाइदाको लागि खोलेको भए सायद यो उचाइमा पुग्दैन थियौँ जस्तो लाग्छ । निस्वर्थ भावनाले आगाडी बढेको छौँ अहिले सम्म्”
हामिसँग धेरै उद्वारणहरु छ्नकी समुहहरु लामो समयसम्म टिक्न नसकेको,यो बिषयमा दारी ग्याङको भविष्य के छ?
“उताव्-चढाव हुन्छ । तर हामी पछी यस्तो होला भनेर सोचदैनौँ । । बिस्तारै अगाडी बढ्दै छौँ”
दारी ग्याङको आँउदो कार्यक्रमहरु केकस्तो छ?
“आँउदो कार्यक्रम “NO SHAVE NOVEMBER” को लागि छ अनि छिट्टै हाम्रो जुँगा र दारिको प्रतिशपर्दा छ अनि अरु बिभिन्न शहरमा पनि कार्यक्रम हुँदै छ”
दारी पाल्नुको अर्थ दारी ग्याङले कसरी परिभाषित गरेको छ?
“समाजमा दारी पाल्दैमा खराब भइने अनि बिकृती ल्याउने हुँदैनन भन्ने कुराको जानकारी दिँदैछौँ । ।समाज र देश को प्रमुख अङ्ग जस्ले समाज बिकासमा महत्व्पुर्ण भूमिका खेल्छ भन्ने कुराको सन्देश दिइरहेका छौँ|यसरि नै हो परिभाषा गरेको हामिले”
धुर्मुश्-सुन्तली फाउन्डेसनलाई पनि दारी ग्याङले निक्कै सहयोग गरेको हामिले थाहा पाएका छौँ,अहिले पनि उक्त फाउन्डेशनले नयाँँ काम गर्दैछ यो काममा कस्तो सहयोग हुन्छ दारी ग्याङको तर्फबाट ?
“यसपाली पनि पहिला जस्तै पुर्णरुपले हुन्छ सहयोग्,त्यसका लागी हामिले एउटा समुह बनाउँदै छौँ”