२ असोज, काठमाडौं । प्रमुख तीन दलले
आन्दोलनरत मधेसी र थारु समुदायले उठाएको सीमांकन र निर्वाचन क्षेत्र
सम्वन्धी मागको सम्बोधन गरेका छन् । साथै वार्ता र सम्वादमा आउन र नयाँ
संविधान घोषणाको उत्सवमा सहभागी हुन शीर्षनेताहरुले संयुक्त अपील गरेका छन्
।
प्रमुख तीन दलले बालुवाटारमा संयुक्त
पत्रकार सम्मेलन गरेर मधेसी मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले
उठाएका मागलाई सम्बोधनको प्रयास गरेका हुन् ।
