Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Sunday, November 15, 2015

पेट्रोल निकाल्ने क्रममा आगलागी, एकको मृत्यु

पेट्रोल निकाल्ने क्रममा आगलागी, एकको मृत्यु

२९ कात्तिक, काठमाडौं । मोटरसाइलकबाट पेट्रोल निकाल्ने क्रममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । नेपालगञ्ज प्रहरीका अनुसार खजुरा रोडमा मोटरसाइकलबाट तेल निकाल्ने क्रममा चुरोटबाट आगो सल्किएको थियो ।
आगलागीबाट मोटरसाइकल समेत जलेको छ । झण्डै ८ लाखको क्षति भएको प्रारम्भीक अनुमान छ ।

Sunday, November 1, 2015

भारतीय गाडी छुटेसँगै वीरगञ्ज नाका आन्दोलनकारीको कब्जामा

भारतीय गाडी छुटेसँगै वीरगञ्ज नाका आन्दोलनकारीको कब्जामा

मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्ज भन्सार नाकामा फेरि अवरोध गरेका छन् । सोमबार विहान प्रहरीले बल प्रयोग गरी हटाए पनि मोर्चाका कार्यकर्ताहरु फेरि नेपाल-भारत सीमाको मितेरी पुलमा धर्नामा बसेका छन् ।

विहान प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई मितेरी पुलबाट हटाएर सीमामा रोकिएका केही गाडीहरुलाई सीमा पार गराएको थियो । तर नेपाली अधिकारीहरुको व्यवस्थाकीय कमजोरीका कारण भारततर्फ रोकिएका नेपाली गाडीहरु नेपाल भित्रिन पाएनन् । तर, नेपालतर्फ रोकिएका २१९ भारतीय गाडीहरु भने आफ्नो देश फर्किएका छन् ।

नेपाली भन्सार अधिकारीहरुका अनुसार भारतीय भन्सार पास भएका झण्डै ५ सय गाडीहरु लामो समयदेखि भारतीय क्षेत्रमा रोकिएका छन् । जसमा १५४ ग्यास बुलेट र ६७ इन्धनका ट्यांकरसमेत छन् ।

तर, अब वीरगञ्जको अवस्था तनावपूर्ण भएकाले नेपाली गाडी आउने सम्भावना कम हुँदै थएको छ । वीरगञ्ज र रक्सौल नाकाको मितेरी पुलमा मधेसी मोर्चाका आन्दोलनकारीहरु जम्मा भएर फेरि अवरोध पुर्‍याएका छन् ।
वीरगञ्ज नाका खुलेपछि भारतीय गाडी गए, नेपाली गाडी आएनन्

वीरगञ्ज नाका खुलेपछि भारतीय गाडी गए, नेपाली गाडी आएनन्

सोमबार बिहान झिसमिसमै नेपाल प्रहरीले हस्तक्षेप गरेपछि वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेका १५/२० जना आन्दोलनकारीको भागाभाग भयो ।

काठमाडौंमा सरकार र मधेसी मोर्चाको वार्ता अहिलेसम्मकै सकारात्मक भएको भनिएको भोलिपल्टै स्थानीय प्रशासनले वीरगञ्ज नाकामा धर्ना बसेकाहरुलाई बल प्रयोग गरेर हटाएको हो ।

पर्साका एसपी राजुबाबु श्रेष्ठका अनुसार बिहान पाँच बजेतिर मितेरी पुलमा करिब १२-१४ जना मात्रै धर्नाकारी थिए ।

प्रहरी पुग्नासाथ उनीहमध्ये ७ जना भारततिर भागे भने ५ जना पक्राउ परे । पक्राउ पर्नेमध्ये दुईजना भारतीय नागरिक रहेको पुष्टि भएको छ ।

‘हामीले कुनै बल प्रयोग गरेका होइनौं,’ एसपी श्रेष्ठले भने-‘अवरोध नगर्नुस् भनेर आग्रह गर्‍यौं । पाँचजनालाई नियन्त्रणमा लियौं । अरु, इन्डियातर्फ भागे ।’

Saturday, September 26, 2015

बाबुराम : जसलाई माओवादीमा रहुञ्जेल सौतेनी व्यवहार भयो

बाबुराम : जसलाई माओवादीमा रहुञ्जेल सौतेनी व्यवहार भयो

यस्तो छ प्रचण्ड-बाबुराम सहकार्यको नालीबेली

अरुण बराल/ टिप्पणी
९ असोज, काठमाडौं । ०५२ सालमा जनयुद्ध सुरु हुँदासम्म धेरै मानिसहरुले प्रचण्डको नामै सुनेका थिएनन् । कतिपयले ‘प्रचण्ड’ भनेको वास्तविक मान्छे नभई ‘भूमिगत गिरोह’ वा ज्ञानेन्द्रलाई सम्झन्थे भने माओवादी पार्टीलाई बाबुराम भट्टराईको पर्यायवाची ठान्थे । यद्यपि पार्टीभित्र चाँहि बाबुराममाथि गरिने व्यवहार ‘दोस्रो दर्जाको नागरिक’ जस्तै थियो ।
भूमिगत कालमा पार्टी बाहिर बाबुरामको चर्चा जति बढ्दै गयो, पार्टीभित्र चाहिँ उनलाई बदनाम मात्रै गरिएन, ०६१ सालसम्म आइपुग्दा रोल्पाको एउटा घरमा बन्दी बनाएर राखियो । बाबुरामका समर्थक देवेन्द्र पौडेल, देवेन्द्र पराजुली लगायतका नेतालाई पार्टीभित्रै चरम शारीरिक यातना दिइयो ।
प्रचण्डसँग २५ वर्षसम्म सँगै रहेर पनि सौतेनी छोराको जस्तो व्यवहार खेप्दै आएका डा. भट्टराईको तीनदशक लामो राजनीतिक जीवन निकै उतार-चढावपूर्ण छ । डा. भट्टराई माओवादीमै लागेर प्रधानमन्त्रीसम्म बन्न सफल भए । र, सँगैसँगै आँशु खसाल्नुपर्ने अवस्थामा पनि पुगे ।
माओवादीमा रहँदा डा.भट्टराईको जीवनका केही ‘पहेली’हरु यस्ता छन्

Tuesday, September 22, 2015

प्रचण्ड भन्छन् : बाबुरामले पार्टी छाड्दा कसैको भलो हुँदैन

प्रचण्ड भन्छन् : बाबुरामले पार्टी छाड्दा कसैको भलो हुँदैन

५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम धेरै जटिल मान्छेको नाम भएको टिप्पणी गरेका छन् । बीबीसी नेपाली सेवालाई...
भारतका मिडियामा नेपालको नकारात्मक प्रचार, प्राथमिकतामा मधेश आन्दोलन

भारतका मिडियामा नेपालको नकारात्मक प्रचार, प्राथमिकतामा मधेश आन्दोलन

भारतका सञ्चार माध्यामहरु छिमेकी मुलुकका घटनाक्रमहरुलाई नकरात्मक रुपमा प्रस्तुत गर्न माहिर मानिन्छन् । गतिलो जनशक्ति, आधुनिक प्रविधी तथा आर्थिक हिसावले सवल हुँदाहुँदै पनि पटक्कै गुणात्मकता प्रदान गर्न नसकेको आरोप लाग्ने गर्दछ भारतीय मिडियाहरुमाथि । घरेलु घटनालाई अतिरञ्जित रुपमा प्रस्तुत गर्ने भारतीय मिडियाले छिमेकी देशहरुलाई समेत कम्ति दुख दिदैनन् । नेपालमा संविधान निर्माणलाई भारतीय मिडियाहरुले नकरात्मक प्रचार प्रसार नै गरेको देखियो । भारतको चर्चित पत्रिका टाईम्स अफ इन्डियाले केही दिनएता नेपालमा संविधान बनेपनि स्थायित्व आउन नसक्ने भन्दै समाचार प्रेसित गरिरहेको छ । उसको भनाइमा तराई मधेसलाई उपेक्षा गरिएको कारण नेपालको नया संविधानले द्धन्द्ध बढाएको हो । भारतमा अन्य मिडिया भन्दा केही प्रगतिशिल मानिएको द हिन्दु पत्रिका तथा अनलाईनले नया संविधान निर्माणको खुशी भन्दापनि नेपालका विभिन्न स्थानहरुमा भईरहेका हिंसात्मक आन्दोलनहरुलाइ बढ्ता महत्व दिँदै आएको छ । नेपालका प्रमुख दलहरुले पछिल्लो पटक भारत संस्थापन पक्षको सुझावलाई लत्याएको उल्लेख गरेको छ ।
त्यस्तैगरि भारतमा धेरै हेरिने हिन्दीभाषी टेलिभिजन आजतकले नेपालवारे खासै समाचार प्रेसित नगरे पनि नेपालमा संविधान जारी भएसंगै खुशीयाली र विरोध दुवै देखिएको वताएको छ । त्यस्तैगरि अर्को टेलिभिजन एविपी न्युजले पनि नया संविधानले पहिलेको भन्दा अग्रगमनकारी भएपनि मधेसी र थारुहरुका मागहरु सम्वोधन नगरी अगाडी बढ्दा दीगो शान्ति स्थापना हुन अप्ठ्यारो हुने बताएको छ । भारतका बढी विक्री हुने अखवारमध्ये पर्ने हिन्दुस्तान टाईम्सले अन्य मिडियाले जस्तै नेपालवारे भ्रमात्मक समाचारहरु प्रेसित गर्दै आएकोमा मङ्गलवारको उसको अनलाईन संस्करणमा नेपालको नया संविधानलाई भारतले स्वागत नगरेको कारण आक्रोसित नेपालीहरुले सामाजिक सञ्जाल मार्फत व्याकअफइन्डियाको ट्रेन्डिङवाट आक्रोस पोखिरहेको कुरालाई मुख्य समाचार बनाएको छ । नेपालमा संविधान निर्माणको अन्तिम गृहकार्यदेखि नया संविधान घोषणा हुँदासम्म र मङ्गलवारसम्मको घटनाक्रमलाई लिएर विभिन्न भारतीय मिडियाहरुले सम्प्रेषण गरेको समाचारलाई हेर्ने हो भने सकरात्मक भन्दापनि नकरात्मक नै भेटिन्छ । भारतीय संस्थापन पक्षको आवाजलाई नै भारतका मिडियाहरुले स्थान दिएको पाईन्छ । दक्षिण एसियाका मिडिया सम्वद्ध विज्ञहरु भारतीय मिडियाहरुको अराजक प्रवृति र छिमेकी मुलुकहरुप्रति हेपाहा दृष्टिकोण परिवर्तन नभएसम्म समग्र भारतप्रतिको नकरात्मक धारणामा परिवर्तन नआउने वताउँछन् ।
प्रचण्डले भने-नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं

प्रचण्डले भने-नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं

'स्वाभिमानमा प्रहार भए प्रतिवाद गर्न तयार छौं'

५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले भारतले नाकाबन्दी गरेपनि आत्तिनु नपर्ने बताएका छन् 
कांग्रेस एमालेका शीर्षनेताले भने- भारतसँग कुरा हुन्छ

कांग्रेस एमालेका शीर्षनेताले भने- भारतसँग कुरा हुन्छ

५ असोज, काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेताहरुले भारतले नेपाललाई नाकाबन्दी लगाउन नसक्ने र त्यो सोच्न पनि नहुने प्रतिक्रिया दिएका छन् ।

Monday, September 21, 2015

संस्थागत निर्णय बिना बाबुराम पक्षले संविधानको स्वागत नगर्ने

संस्थागत निर्णय बिना बाबुराम पक्षले संविधानको स्वागत नगर्ने

सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालबीच बनेको नयाँ गठबन्धनबाट पनि भट्टराई असन्तुष्ट

 ज्वरोले अस्वस्थ भनिएका भट्टराई आफ्नो निवास सानेपामा पार्टीका विभिन्न समूहसँग दिनभर छलफलमा ब्यस्त रहेको पार्टीका केही नेताले सेतोपाटीलाई जानकारी दिए। नेताहरूका अनुसार भट्टराईले हेमराज भण्डारी, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, नवराज सुवेदी, कल्पना धमला, अमनलाल मोदी, शिवलाल मण्डल लगायत नेताहरूसँग विभिन्न समूहमा आफ्नो गुटको आगामी रणनीति बारे दिनभर छलफल गरेका थिए