Saturday, September 19, 2015

प्रधानमन्त्रीले भने- टाइम गएको छैन, सबै मिलेर उत्सव मनाऔं आयोग र भावी संसदले समस्या समाधान गर्न सक्ने


२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका लागि अहिले पनि ‘टाइम’ नसकिएको भन्दै आइतबार संविधान जारी गर्ने दिन उत्सवमा सहभागी हुन मधेसी नेताहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने-‘ यो बिरलै आउने अवसर हो । हामीले अहिले तराई मधेसका नेताहरुलाई आह्वान गरेका छौं, बसौं । एक ढिक्का भएर यो उत्सबमा सामेल हौं ।’

अहिलेको संविधानमा विभिन्न जात जाति र भाषा भाषीहरुको अधिकारको व्यवस्था गरिएको भन्दै प्रधानमन्त्रीले संविधानको बचाऊ गरे । उनले भने- ‘यस संविधानमा हक अधिकारका कुरा, भाषा, भेषभुषा ,संस्कृतिका कुराहरु सबैले गर्न पाउने अधिकार राखिएको छ ।’

सहमतिका लागि अझै पनि समय रहेको प्रधानमन्त्री कोइरालाले दाबी गरे- ‘अहिले पनि केही बितेको छैन । संविधान आयो, सबै पूर्व मेचीदेखि महाकाली, तराई मधेस, पहाड हिमालका सबै ठाउँका जनतालाई दिपावलीजस्तो पर्वका रुपमा मनाउन अहानग्रह गरेका छौं ।’

अहिलेको परिवर्तनका लागि लामो संघर्ष गर्नुपरेको बताउँदै प्रधानमन्त्रीले भने- ‘भनिरहनुपर्दैन, यत्रो परिवर्तनका निम्ति यत्रो वर्ष यो संविधान जनताले नै लेख्नका लागि ६५/७० वर्ष लाग्यो । यो ऐतिहासिक उपलब्धी हो ।’

प्रधाचनमन्त्री कोइरालाले आफूहरु मेल मिलापका लागि तयार रहेको बताए । ‘हामी हमेसा शािन्तपूर्ण ढंगले सहकार्य र मेलमिलापबाट समाधान गर्न लागिरहेका छौं, प्रयत्न जारी छ । अहिले पनि टाइन गएको छैन समाधानको निम्ति ।’

एउटा प्रक्रिया अन्त्य भए पनि आयोगमा बसेर नमिलेका कुरा छलफल गरेर मिलान हुने प्रधानमन्त्रीले आश्वासन दिए । उनले भने- ‘भोलि संसदमा पनि छलफल गरेर यसको निदान गर्न सकिन्छ । अहिलेको प्राथमिकता भनेको अमनचयन, शान्ति कायम गर्नु हो, सबै मिलेर भोलिको उत्सवमा सामेल हौंऔं, छलफल गरौं ।’

শেয়ার করুন

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.