Showing posts with label बिज्ञान-प्रबिधि. Show all posts
Showing posts with label बिज्ञान-प्रबिधि. Show all posts

Tuesday, September 22, 2015

डिलिट भएको एसएमएस कसरी फिर्ता ल्याउने ?

डिलिट भएको एसएमएस कसरी फिर्ता ल्याउने ?

यदी तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ ।
एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ?
कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ । ठिक त्यही हुन्छ स्मार्टफोनमा पनि । तपाइर्ंले डिलिट गरेको डाटा छोटो समयका लागि फोनभित्रै सुरक्षित हुन्छ । डाटा रिकभरी सफ्टवेयरको प्रयोगबाट तपाईं यसलाई फिर्ता ल्याउन सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड डाटा रिकभरी, डा. फोन जस्ता एपहरु तपाईंलाई काम लाग्न सक्छन् ।
कानूनअनुसार सबै फोन कम्पनीहरुले तपाईको मोबाइलको म्यासेज स्टोर गर्नु आवश्यक हुन्छ । प्रहरी वा कुनै कानूनी निकायले मागेको खण्डमा कम्पनीहरुले यस्तो जानकारी दिनैपर्छ । त्यसैले तपाईंलाई अति आवश्यक कुनै म्यासेज छ भने त्यसलाई फोन कम्पनिमार्फत पनि माग्न सकिन्छ । तर यसका लागि तपाईले केहि कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
त्यसो त तपाईंको फोनका लागि एसएमएस ब्याकअपको पनि एउटा एप छ । यसलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।
चीनमा एप्पलको एप्स स्टोरमाथि भाइरस हमला

चीनमा एप्पलको एप्स स्टोरमाथि भाइरस हमला

चीनमा आइफोन र आइप्याडका केही लोकप्रिय एप्लिकेसनमा भाइरस आक्रमण भएको अमेरिकी एप्पल कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यो भाइरसलाई हटाउने प्रयासमा एप्पलको टीम प्रयासरत छ ।
आइतबार यस्तो भाइरस देखा पर्नुअघि केही साइबर सेक्युरिटी फर्ममा एक्सकोडघोष नामक मेलवेयर देखापरेको जानकारी प्राप्त भएको थियो । कम्पनीले बताएको छ कि एपमा यो भाइरस सयकडौंको संख्यामा देखापरेको छ ।
चीनमा एप्पलको एप्स स्टोरमाथिको यो भाइरस हमलालाई निकै ठूलो विषय मानिएको छ । यसलाई विश्वभरिका सञ्चार माध्यमले महत्वका साथ समाचार बनाएका छन् ।
कम्पनीको भनाइ छ कि यो आक्रमण ह्याकरहरुबाट भएको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमले एप्पलका प्रवक्ता क्रिस्टिन मोनागनलाई उद्धृत गर्दै भनेका छन्- हामी डुभलपर्सका साथ काम गरिरहेका छौं, ताकि यो सुनिश्चित होस् कि तिनले आफ्नो एप फेरि निर्माण गर्नका लागि एक्सकोडको सही भर्सनको प्रयोग गर्न सकुन् ।
तर, एप्पलले यो बताएको छैन कि उसका कति एपमा यस्तो भाइरस आक्रमण भएको छ । कम्पनीको भनाइ छ कि त्यस्ता एप्सलाई स्टोरबाट हटाइएको छ ।
नेपाली बजारमा आयो ग्यालेक्सी नोट फाइभ

नेपाली बजारमा आयो ग्यालेक्सी नोट फाइभ





नेपाली बजारमा सामसुङको बहुप्रतिक्षित ग्यालेक्सी नोट फाइभ बिक्री सुरु भएको छ । अत्याधुनिक प्रविधियुक्त नोट फाइभ सोमबारदेखि नेपालमा बिक्री सुरु गरिएको हो ।

कोरियन स्मार्टफोन निर्माता सामसुङले यस अघिका नोटहरु भव्य समारोह मार्फत सार्वजनिक गर्दै आएको थियो । नोट फाइभ भने सुटुक्क बजारमा पठाइएको छ । नेपालमा नोट फाइभको मूल्य ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

पूर्णतया नयाँ डिजाइनमा रहेको नोट फाइभमा अपत्यारिला उपकरणहरु समावेश गरिएको छ । यसमा रहेको सिग्नेचर एस-पेनले उक्त उपकरण चलाउन थप सहजता प्रदान गर्ने छ । नेपालमा नोट फाइभ अहिलेसम्मकै अत्याधुनिक स्मार्टफोन भएको कम्पनीको दाबी छ ।

उच्च प्रविधियुक्त नोट फाइभमा ५.७ इञ्चको क्वार्ड एचडी सुपर एमलोइड डिस्प्ले रहेको छ । यसमा ४ जीबी र्‍याम रहेको छ । अक्टा कोर (२.१ गीगाहर्ज क्वाड + १.५ गीगाहर्ज क्वाड) प्रोसेसर, ओएस इन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिष्टम लगायतका विशेषताले नोट फाइभ उच्च गतिमा चलाउन सकिने छ ।



नोट फाइभ नेपालमा ३२ जीबी मेमोरीमा उपलब्ध छ । ब्ल्याक सेपियर, गोल्ड प्लाटिनियम र सिल्भर टाइटानियम गरी तीन आकर्षक कलरमा उपलब्ध भएको सामसुङ इलेक्ट्रोनिक्स नेपालले जनाएको छ । नोट फाइभ खरिदमा १ जीबी एनसेल थ्रीजी डाटा ६ महिनाका लागि निःशुल्क प्राप्त हुनेछ ।

सामसुङले सन् २०११ मा ग्यालेक्सी नोट सार्वजनिक गरेयता नेपाली उपभोक्तालाई ठूलो डिस्प्ले भएको स्मार्टफोन उपलब्ध गराउन थालेको हो ।

नोट फाइभको बाहिरी भाग मेटल र ग्लास प्रयोग गरेर आकर्षक डिजाइनमा तयारी पारिखएको छ । मोबाइलमा आकर्षक डिजाइन र कलरको संयोजन गरिएको हुँदा निकै आकर्षक देखिन्छ । यो विश्वकै मोबाइल बजारको ‘आइकोनिक डिभाइस’ भएको सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापित बताए ।

उच्च क्षमताको क्यामेरा

नोट फाइभमा १६ मेगापिक्सेल क्यामेरा रहेको छ । यसअघि बजारमा आएको नोट फोरमा पनि १६ मेगापिक्सेल क्यामेरा रहेको थियो । अगाडिको क्यामेरा भने बढाएर ५ मेगापिक्सेल पुर्‍याएको छ । नोट फोरमा अगाडिको क्यामेरा ३.७ मेगापिक्सेल रहेको थियो ।

पछिल्लो समय विकास भएको सेल्फी कल्चरलाई मध्यनजर गर्दै सामसुङले नोट फाइभमा अगाडिको क्यामेराको क्षमता बढाएको हो । अहिले ग्राहकले मोबाइल खरिद गर्दा सेल्फी क्यामेरामा विशेष ध्यान दिन थालेका छन् ।

नोट फाइभमा अगाडिको क्यामेरामा पनि अटो रियल टाइभ एचडिआर प्रविधि अपनाइएको छ । नोट फोरमा यो सुविधा पछाडिको क्यामेरामा मात्र थियो । यो प्रविधिले भिडियोलाई स्थिर बनाउन मद्दत गर्छ ।



एस-पेन

नोट फाइभमा अर्को आकर्षक बिशेषताका रुपमा एस-पेन रहेको छ । जसले मोबाइलमा रहेका अपत्यारिला उपकरण चलाउन सहजता प्रदान गरिदिने छ । एस-पेनबाट मोबाइलका एपहरु चलाउन र नोट लेख्न सकिन्छ । यसले उत्पादकत्व समेत बढाइदिने दाबी गरिएको छ ।

नोट फाइभको ब्याट्री क्षमता घटाइएको । यसमा ३००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जबकी नोट फोरमा ३२२० एमएएच क्षमताको ब्याट्री राखिएको छ । तर, चार्ज हुने समय भने नोट फोरको तुलनामा फाइभमा घटेको छ ।

नोट फोरको ब्याट्री ९९ मिनेटमा फुल चार्ज हुन्थ्यो भने फाइभको ब्याट्री ९० मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ । नोट फाइभमा वायरलेस -तारबीना) चार्जिङ सुविधा समेत रहेको छ । वायरलेस चार्ज गर्दा मोबाइल १२० मिनेटमा मात्र फुल चार्ज हुने छ ।
ह्याकरबाट जोगिने ५ टिप्स

ह्याकरबाट जोगिने ५ टिप्स

इन्टरनेट दैनिक जिवनको अभिन्न अंग बन्दै गएको छ । संचार, सूचनाको खोजी तथा वित्तिय कारोबार लगायतका काममा समेत इन्टनेटको प्रयोग बढ्दै गएको छ ।विज्ञान आफैमा वरदान भएपनि यसको गलत प्रयोग तथा असावधानीले कहिलेकाहीँ यसलाई अभिषापमा परिणत गरिदिन्छ भनेझैँ इन्टरनेटको प्रयोगमा समेत सावधानी नअपनाउने हो भने कहिलेकाहीँ यसले ठूलो क्षति पूराउन सक्छ । इन्टरनेट मार्फत वित्तिय कारोबार समेत हुने भएकाले यसप्रति धेरैका आँखा लाग्छन् र ह्याकरहरु इन्टरनेट प्रयोगकर्ताको अकाउण्ट ह्याक गरेर त्यसबाट वित्तिय तथा अन्य खाले फाइदा लुट्नका लागि हरदम प्रयत्न गरिरहेका हुन्छन् । त्यसैले आफ्नो इन्टरनेटका विभिन्न अकाउण्टहरुलाई ह्याकरबाट सुरक्षित राख्नु जरुरी हुन्छ । यसका लागि निम्नानुसारका उपायहरु अबलम्बन गर्न सकिन्छः
  1.  इन्टरनेट प्रयोगकर्ताले व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इमेलको प्रयोग गर्दछन् । यो संचारको निकै सरल तथा द्रुत विधि हो । तर ह्याकरहरुले इमेललाई विभिन्न सूचना चोरी तथा ह्याक गर्ने कार्यका लागि दुरुपयोग गरिरहेका हुन्छन् । विभिन्न खालका नक्कली तथा लोभ्याउने खालका इमेलहरु पठाएर ठग्न सक्छन् । यस्ता नक्कली ठगी इमेलहरुमा चिट्ठा जितेको, लाखौँ पुरस्कार पाएको तथा कसैले पैसा दान गर्न लागेको भन्ने जस्ता इमेलहरु रहन्छन् । यसबाट सम्बन्धित मानिसको बैंक अकाउण्ट लगायतका महत्वपूर्ण वित्तिय जानकारीहरु लिने र सोही मार्फत थप जानकारी प्राप्त गरी अकाउण्ट ह्याक गर्न सक्छन् । त्यसैले नचिनेका मानिसहरुबाट आउने यस्ता फाल्तु इमेलहरु डिलिट गरिहाल्नुपर्छ, त्यसमा भने अनुसार गर्नतिर लाग्नु हुँदैन । कतिपय इमेलहरुमा त अट्याचमेन्ट मार्फत भाइरस समेत पठाइएको हुन्छ । त्यस्ता अट्याचमेन्ट फाइलहरु खोल्दा कम्प्युटरलाई भाइरसले आक्रमण गर्छ र अकाउण्ट ह्याक पनि हुनसक्छ ।
  2.  विश्वमा करोडौँको संख्यामा वेबसाइटहरु सिर्जना गरिएका छन् । कतिपय वेबसाइटहरु सक्कली हुन्छन् भने कतिपय वेबसाइटहरु सक्कली वेबसाइटको नाम राखेर ठगीको प्रयोजनका लागि खोलिएका नक्कली वेबसाइटहरु हुन्छन् । यस्ता नक्कली वेबसाइट तथा स्मार्टफोन र ट्याब्लेट एप्सहरुबाट पनि ह्याकरहरुले इन्टरनेट प्रयोगकर्तालाई सिकार बनाउने गर्छन् । धेरै घटनाहरुमा ह्याकरहरुले कुनै बैंकको नक्कली वेबसाइट सिर्जना गरेर उक्त बैंकका प्रयोगकर्तालार्य झुक्याउने गरेको पाइएको छ । यस्ता नक्कली वेबसाइटमार्फत बैंक प्रयोगकर्तालाई उनीहरुको अनलाइन अकाउण्टमा लगइन गर्न लगाउने र त्यसबाट युजरनेम तथा पासवर्ड कब्जा गरेर अकाउण्ट ह्याक गरी बैंक अकाउण्टमा रहेको पैसा छिनभरमा रित्याइदिन सक्छन् । त्यसैले कुनै वेबसाइट आफुले प्रयोग गर्ने गरेको बैंकको सक्कली वेबसाइट हो की होइन भनेर ठम्याउनुपर्छ यसका लागि ब्राउजरको एड्रेस बारमा हेर्नुपर्छ । वेबसाइटको नाम अगाडि एचटीपिपिएस रहेको वेबसाइट बैंकको सक्कली वेबसाइट हुन्छ, किनकी यसले कुनै साइटले सुरक्षा प्रमाणपत्र प्रयोग गरेको प्रमाणित हुन्छ । त्यस्तै एप्सको सन्दर्भमा एप डेभलपरको नाम चेक गर्नुहोस् । एप स्टोरमा प्रायः कुनैपनि एपको तलपटि्ट यसको नाम उल्लेखभएको हुन्छ । त्यस्तै कुनै बैंकिंग एपलाई इन्स्टल गर्नुअघि त्यसको बारेमा पर्याप्त रिभ्यु अध्ययन गर्नुहोस् र आधिकारिक भएमा मात्र इन्स्टल गर्नुहोस् । अफिसियल एप स्टोरबाट मात्र बैंकिंग एप डाउनलोड गर्नुपर्छ ।
  3. अनलाइनमार्फत कारोबार गर्दा वा कुनै सामान खरीद गर्दा वस्तुको विज्ञापनको भुलभुलैयामा पर्नु हुँदैन । कुनैपनि वस्तुको विज्ञापनमा त्यसको मूल्य सामान्य मूल्यभन्दा निकै नै कम उल्लेख भएको छ भने बुझ्नुहोस् त्यसले तपाइँलाई सरासर ठग्दैछ । उत्पादक तथा बिक्रेताले अनलाइनमार्फत छुट दिनसक्छ, तर ८०, ९० प्रतिशत छुट भन्यो भने त्यसले रातो झण्डा देखायो भनेर बुझ्नुस् । अझ यतिधेरै छुटमा सामान किन्नका लागि अगि्रम भुक्तानी दिनुपर्ने भन्ने शर्त राख्यो भने त पक्का हुनुस् की तपाइँलाई ठग्दैछ । यदि ठग्ने होइन र सामान दिने नै हो भनेपनि त्यस्तो सामान चोरीको वा अवैध रुपमा खरीद गरिएको हुनसक्छ । अनलाइनमा सक्कली तथा वास्तविक सामान भेट्टाउनुभयो भने पनि खरीद गर्दा बिक्रेताको आइडी प्रुफ लिन नभुल्नुहोस् ।
  4.  कि लगर भन्ने यस्तो सफ्टवेयर हो जसले तपाइँले किबोर्डमा थिच्ने हरेक बटनको रेकर्ड राख्दछ । त्यसैले ठग तथा ह्याकरले यहीँ सफ्टवेयरको माध्यमबाट तपाइँको अकाउण्टको पासवर्ड थाहा पाउन सक्छ र ह्याक गर्न सक्छ । ह्याकरहरुले साइबर क्याफेहरुका कम्प्युटरमा गोप्यरुपमा यो सफ्टवेयर डाउनलोड गर्ने र साइबर क्याफेका प्रयोगकर्ताका अकाउण्ट ह्याक गर्ने गरेको पाइएको छ । त्यसैले साइबर क्याफेको कम्प्युटर प्रयोग गर्दा त्यसमा कि लगर सफ्टवेयर छ छैन ? जाँच गर्नुहोस् र सकेसम्म धेरैले प्रयोग गर्ने त्यस्ता सार्वजनिक कम्प्युटरबाट आफ्ना गोप्य अकाउण्टहरु नखोल्नुहोस् ।
  5. आफ्नो फोनमा क्रेडिट कार्डको विवरण नराख्नुहोस् । धेरै बैंकहरुले आफ्ना प्रयोगकर्तालाई यस बारेमा सचेत पनि गराएका हुन्छन् । त्यस्तै कसैले आफु बैंकको प्रतिनिधि भन्दै तपाइँलाई फोनबाट तपाइँको क्रेडिट कार्डको विवरण सोध्यो भने पनि त्यसको जवाफ नदिनुस् । किनकी कुनैपनि बैंकले क्रेडिट कार्ड वा डेबिट कार्डको विवरण आफ्ना ग्राहकसँग फोनमार्फत सोध्दैन । त्यसरी सोध्ने व्यक्ति ठग वा ह्याकर हुनसक्छ ।