Tuesday, September 22, 2015

भारतका मिडियामा नेपालको नकारात्मक प्रचार, प्राथमिकतामा मधेश आन्दोलन

भारतका सञ्चार माध्यामहरु छिमेकी मुलुकका घटनाक्रमहरुलाई नकरात्मक रुपमा प्रस्तुत गर्न माहिर मानिन्छन् । गतिलो जनशक्ति, आधुनिक प्रविधी तथा आर्थिक हिसावले सवल हुँदाहुँदै पनि पटक्कै गुणात्मकता प्रदान गर्न नसकेको आरोप लाग्ने गर्दछ भारतीय मिडियाहरुमाथि । घरेलु घटनालाई अतिरञ्जित रुपमा प्रस्तुत गर्ने भारतीय मिडियाले छिमेकी देशहरुलाई समेत कम्ति दुख दिदैनन् । नेपालमा संविधान निर्माणलाई भारतीय मिडियाहरुले नकरात्मक प्रचार प्रसार नै गरेको देखियो । भारतको चर्चित पत्रिका टाईम्स अफ इन्डियाले केही दिनएता नेपालमा संविधान बनेपनि स्थायित्व आउन नसक्ने भन्दै समाचार प्रेसित गरिरहेको छ । उसको भनाइमा तराई मधेसलाई उपेक्षा गरिएको कारण नेपालको नया संविधानले द्धन्द्ध बढाएको हो । भारतमा अन्य मिडिया भन्दा केही प्रगतिशिल मानिएको द हिन्दु पत्रिका तथा अनलाईनले नया संविधान निर्माणको खुशी भन्दापनि नेपालका विभिन्न स्थानहरुमा भईरहेका हिंसात्मक आन्दोलनहरुलाइ बढ्ता महत्व दिँदै आएको छ । नेपालका प्रमुख दलहरुले पछिल्लो पटक भारत संस्थापन पक्षको सुझावलाई लत्याएको उल्लेख गरेको छ ।
त्यस्तैगरि भारतमा धेरै हेरिने हिन्दीभाषी टेलिभिजन आजतकले नेपालवारे खासै समाचार प्रेसित नगरे पनि नेपालमा संविधान जारी भएसंगै खुशीयाली र विरोध दुवै देखिएको वताएको छ । त्यस्तैगरि अर्को टेलिभिजन एविपी न्युजले पनि नया संविधानले पहिलेको भन्दा अग्रगमनकारी भएपनि मधेसी र थारुहरुका मागहरु सम्वोधन नगरी अगाडी बढ्दा दीगो शान्ति स्थापना हुन अप्ठ्यारो हुने बताएको छ । भारतका बढी विक्री हुने अखवारमध्ये पर्ने हिन्दुस्तान टाईम्सले अन्य मिडियाले जस्तै नेपालवारे भ्रमात्मक समाचारहरु प्रेसित गर्दै आएकोमा मङ्गलवारको उसको अनलाईन संस्करणमा नेपालको नया संविधानलाई भारतले स्वागत नगरेको कारण आक्रोसित नेपालीहरुले सामाजिक सञ्जाल मार्फत व्याकअफइन्डियाको ट्रेन्डिङवाट आक्रोस पोखिरहेको कुरालाई मुख्य समाचार बनाएको छ । नेपालमा संविधान निर्माणको अन्तिम गृहकार्यदेखि नया संविधान घोषणा हुँदासम्म र मङ्गलवारसम्मको घटनाक्रमलाई लिएर विभिन्न भारतीय मिडियाहरुले सम्प्रेषण गरेको समाचारलाई हेर्ने हो भने सकरात्मक भन्दापनि नकरात्मक नै भेटिन्छ । भारतीय संस्थापन पक्षको आवाजलाई नै भारतका मिडियाहरुले स्थान दिएको पाईन्छ । दक्षिण एसियाका मिडिया सम्वद्ध विज्ञहरु भारतीय मिडियाहरुको अराजक प्रवृति र छिमेकी मुलुकहरुप्रति हेपाहा दृष्टिकोण परिवर्तन नभएसम्म समग्र भारतप्रतिको नकरात्मक धारणामा परिवर्तन नआउने वताउँछन् ।

শেয়ার করুন

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.