Saturday, September 26, 2015

आँशु टिलपिल पार्दै बाबुरामले भने-भत्केको घरमा फर्किन्न

आँशु टिलपिल पार्दै बाबुरामले भने-भत्केको घरमा फर्किन्न

प्रचण्डमाथि भट्टराईका चार सांकेतिक अभियोग के-के हुन् ?


Baburam-Bhattrai
मात्रिका पौडेल
९ असोज, काठमाडौं । चार दशक लामो राजनीतिक जीवनको एउटा अध्याय समाप्त भएको घोषणा गर्दै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाओवादी पार्टी र सांसद पद परित्याग गरेका छन् ।
शनिवार राजधानीको इन्द्रेणी प्लाजामा पत्रकार सम्मेलन गर्दै बाबुरामले एमाओवादीको साधारण सदस्य र गोरखा क्षेत्र नम्बर १ को सांसद सदस्यबाट समेत राजीनामा दिएका हुन् ।
राजीनामा घोषणा गरेपछि पत्रकारका दुई प्रश्नको छोटो जवाफ दिएर हतार हतार बाहिरिन लाग्दा बाबुरामका आँखामा आँशु टिल्पिलाएको प्रष्टै देखिन्थ्यो । उनी पार्टी छाडेको घोषणा गर्दा भाबुक देखिन्थे ।
तपाईले पार्टी छाडिरहँदा तपाईको बिचारलाई साथ दिदै आएका माओवादी नेताहरुको भविष्य के हुन्छ ? अनलाइनखबरकर्मीको प्रश्नमा उनले भने-‘अहिले म एक्लै छाडेर हिडेको हुँ, सबैसँग छलफल गरेर पछि निर्णय हुन्छ ।’
पार्टी छाडेर हिँड्दै गर्दा बाबुरामले एमाओवादी पार्टीलाई ‘भत्किएको घर’को संज्ञा दिए । उनले भने-‘घर चुहिने भएपछि नयाँ बन्छ, त्यसैमा फर्केर गइँदैन ।’
बाबुरामले अचानक पत्रकार सम्मेलन गर्दा उनीसँग निरन्तर अन्तरक्रिया गरिरहेका पत्रकारहरुलाई उनले माओवादी पार्टी छाड्छन् भन्ने आंकलन भइसकेको थियो । तर, धेरैका लागि यो अप्रत्याशित थियो ।
यद्यपी उनले पत्रकार सम्मेलन गर्नुअघि प्रचण्डलाई भेटेर आफूले २५ वर्ष लामो सम्बन्ध अन्त गर्न चाहेको जानकारी दिइसकेको थिए । त्यस्तै उनले सभामुख सुवास नेम्वाङलाई पनि सांसदबाट राजीनामा दिएको पत्र पठाइसकेका थिए ।
प्रचण्डलाई सांकेतिक प्रहार
प्रचण्डसँगको करीव अढाई दशक लामो राजनीतिक सांगठनिक सम्बन्ध बिच्छेद गरेर हिँड्दै गर्दा बाबुरामले प्रचण्डमाथि केही प्रसंगमा निर्मम प्रहार गर्न छुटाएनन् ।
उनले विशेषतः प्रचण्डमाथि संविधानसभाको बिरोधी, आर्थिक रुपमा अपारदर्शी, नक्कली राष्ट्रवादको सांकेतिक अभियोग लगाउँदै अदूरदर्शी नेताको संज्ञा मात्र दिन बाँकी राखे ।
साइकले राष्ट्रवाद मुबारक !
पछिल्लो पटक भारतले अघोषित नाकाबन्दी लगाइसकेपछि प्रचण्डले साइकल चढ्ने भनी दिएको अभिव्यक्तिको उनले कटाक्ष गरे । पत्रकार सम्मेलनमा बाबुरामले भने-‘टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवादी बन्ने कि विद्युतीय मोटर चढ्ने राष्ट्रवादी ? अवश्य पनि म बिद्युतीय मोटर चढ्ने राष्ट्रवादको पक्षधर हुँ ।’
उनले नेपालका शीर्ष नेताहरु मौसमी राष्ट्रवादी रहेको बताउँदै दिउँसो खुलामन्च (टुँडिखेल)बाट कड्किनेहरु राति गएर विदेशीको पाउमा लम्पसार पर्ने गरेको प्रसंग निकाले । ‘चुनावी खर्च र सांसद किनबेचका लागि विदेशी दूतावासमा रकम माग्न धाउने, थर्ड डिभिजनवाला आफ्ना छोराछोरीलाई छात्रवृत्तिका लागि पाउ मोल्नेहरु नक्कली राष्ट्रवादी हुन्’ भट्टराईले भने-‘अहिले नेताहरुले जे देखाइरहेका छन्,यो शुरुवात जारी रहोस म खुसी हुनेछु ।’
आर्किटेक्टका आरोह अवरोह
शान्ति र संविधान निर्माण अनि लोकतान्त्रिक गणतन्त्रक आर्किटेक्ट मानिने भट्टराईले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको आफ्नो प्रस्ताव विगतमा प्रचण्डले कसरी लत्याए भन्ने पनि स्मरण गरे । उनले भने-‘मैले २०४५ सालमै संविधानसभाको एजेण्डा उठाउँदा प्रचण्डले बिरोध गर्नुभयो र राष्ट्रिय जनआन्दोलन समितिनै भंग भयो, पछि पनि उहाँले संविधानसभाको नाम सुन्नै नचाहने भएकाले ४० बुँदे माग राख्दा जनताबाट चुनिएका प्रतिनिधि भन्ने शव्द राख्नुपरेको थियो ।’
संविधानसभाबाट संविधान जारी गर्ने आफ्नो एजेण्डा २०५७ सालमा आएर पार्टीले स्वीकार गरेको बताउँदै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको कुरा उठाएर लेख्दा आफूलाई पार्टीबाट कारवाही गरिएको क्षण पनि सम्झिए । ‘मैले लोकतान्त्रिक गणतन्त्र किन चाहियो भनेर लेख लेख्दा कमरेड प्रचण्डले पार्टीबाट निकाल्नुभयो, त्यसको दुई दिनपछि तत्कालिन राजाले कु गरे, पछि चुनवाङ बैठकले मेरै एजेण्डा पारित गर्‍यो’ उनले भने ।
बाली लुट्न अरु नै आए
संविधानसभाबाट संविधान जारी भएको दिन आफू सबैभन्दा खुसी भएको उनले बताए । संविधानसभाको एजेण्डा उठाएदेखि संविधानको अन्तिम मस्यौदा बनाउनेसम्मको काम आफ्नै नेतृत्वमा भएको उनले दावी गरे ।
उनले संविधानसभाबाट संविधान जारी गर्दा थारु र मधेशीमाथि प्रदेश सिमांकनका क्रममा अन्याय भएको बताए । उनले संविधान जारी हुँदा पूरै देशले खुसियाली मनाउन नपाउनु दुःख रहेको भन्दै आफू मधेसी र थारु आन्दोलनका पक्षमा रहेको प्रष्ट पारे । ‘हिजो जो संविधानसभा र गणतन्त्रका बिरोधी थिए उनीहरु आज संविधानका खुसियालीमा बढि नाचगान गरिरहेका छन्’ भट्टराईले भने-‘इतिहामा यस्तो हुन्छ, बिउ एउटाले लाउँछ, बाली लुट्न अर्कै आउँछ ।’
भारतीय हस्तक्षेपको भत्र्सना
आफूमाथि लाग्दै आएको र पछिल्लो समय सहनै नसक्ने गरी लगाइएको भारत परस्तको आरोपको पनि बाबुरामले डटेर प्रतिवाद गरे । पत्रकार सम्मेलनको शुरुवातमै उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरे ।
उनले भारतको पछिल्लो अघोषित नाकाबन्दी, नेपालको संविधानप्रति दिएको टिप्पणीप्रति आपत्तिमात्र जनाएनन्, भत्र्सना पनि गरे । ‘हाम्रो संविधान कस्तो बनाउने हाम्रो कुरा हो, हामीलाई कसैको दबाब स्वीकार्य छैन’ उनले भने ।
उनले २०४५ सालमा लोकतन्त्रको बहानामा र अहिले मधेश संघीयताको बहानामा भारतले नेपालमाथि हस्तक्षेप गरेको बताए । ‘हाम्रो दक्षिणी छिमेकीले दृश्य अदृश्य रुपमा दिएको दबाब र अघोषित नाकाबन्दीको भत्र्सना गर्दछु’ उनले भने ।
मेरो भविष्यवाणी सही थियो
नेपालमा यो अवस्था आउँछ भनेर आफूले केही दिनअघि नै भविष्यवाणी गर्दा नकारात्मक टिप्पणी गरिएको भन्दै उनले दुःख व्यक्त गरे । बाबुरामले भने-‘मैले यो अवस्था आउँदैछ भनेरै सोसल मिडियाबाट फरकास्ट गरेको थिएँ, भविष्यबेत्ताले पहिलेनै देख्छ,तर मेरो चेतावनीलाई मैमाथि प्रहार गर्ने अस्त्र बनाइयो ।’
बाबुरामले केही दिनअघि ट्वीटर र फेसबुकमार्फत नेपाल सुगौली सन्धी पछिकै सबैभन्दा अप्ठेरो मोडमा पुगेको र अबका २४ घण्टामा नेपाल अखण्ड रहने कि नरहने भन्ने निक्र्यौल हुने आशय प्रकट गरेका थिए ।
अन्तमा एक्लै..
पार्टी छाडेको घोषणा गरिरहँदा उनी एक्लै थिए । एमाओवादीकै स्थायी समिति सदस्य समेत रहेकी पत्नी हिसिला यमी पनि थिइनन् ।
पत्रकार सम्मेलन स्थल इन्द्रेणी प्लाजाका आठौं तलामा बाबुरामका लागि मात्र एउटा कुर्सी राखिएको थियो । यसले पनि उनी तत्काल एक्लै पार्टी छाडेर निस्किएको अर्थ लगाउन काफी थियो ।
यसको अर्थ तपाईले कम्युनिस्ट पार्टीनै नबनाउने हो त ? यो प्रश्नमा उनले नयाँ पार्टीको बारेमा आफूले कुनै निर्णय नगरेको बताए ।
बाबुराम : जसलाई माओवादीमा रहुञ्जेल सौतेनी व्यवहार भयो

बाबुराम : जसलाई माओवादीमा रहुञ्जेल सौतेनी व्यवहार भयो

यस्तो छ प्रचण्ड-बाबुराम सहकार्यको नालीबेली

अरुण बराल/ टिप्पणी
९ असोज, काठमाडौं । ०५२ सालमा जनयुद्ध सुरु हुँदासम्म धेरै मानिसहरुले प्रचण्डको नामै सुनेका थिएनन् । कतिपयले ‘प्रचण्ड’ भनेको वास्तविक मान्छे नभई ‘भूमिगत गिरोह’ वा ज्ञानेन्द्रलाई सम्झन्थे भने माओवादी पार्टीलाई बाबुराम भट्टराईको पर्यायवाची ठान्थे । यद्यपि पार्टीभित्र चाँहि बाबुराममाथि गरिने व्यवहार ‘दोस्रो दर्जाको नागरिक’ जस्तै थियो ।
भूमिगत कालमा पार्टी बाहिर बाबुरामको चर्चा जति बढ्दै गयो, पार्टीभित्र चाहिँ उनलाई बदनाम मात्रै गरिएन, ०६१ सालसम्म आइपुग्दा रोल्पाको एउटा घरमा बन्दी बनाएर राखियो । बाबुरामका समर्थक देवेन्द्र पौडेल, देवेन्द्र पराजुली लगायतका नेतालाई पार्टीभित्रै चरम शारीरिक यातना दिइयो ।
प्रचण्डसँग २५ वर्षसम्म सँगै रहेर पनि सौतेनी छोराको जस्तो व्यवहार खेप्दै आएका डा. भट्टराईको तीनदशक लामो राजनीतिक जीवन निकै उतार-चढावपूर्ण छ । डा. भट्टराई माओवादीमै लागेर प्रधानमन्त्रीसम्म बन्न सफल भए । र, सँगैसँगै आँशु खसाल्नुपर्ने अवस्थामा पनि पुगे ।
माओवादीमा रहँदा डा.भट्टराईको जीवनका केही ‘पहेली’हरु यस्ता छन्

Wednesday, September 23, 2015

केन्जुमा भन्छिन “म फूल हुा, नच्यात मलाई...”

केन्जुमा भन्छिन “म फूल हुा, नच्यात मलाई...”

राजेन्द्र कार्की/काठमाण्डौं

      “मैले पहिरो पटक मेरा आदणिय दर्शक तथा स्रोताहरुमा अनुरोध गर्दैछु की कम्तीमा पनि मेरो गीत हेरी दिनु तथा सुनि दिनुहोला ।” केन्जुमा सुब्बाको अनुरोध जति सरल र सहज छ त्यति नै मार्मिक पनि छ । मोरङ्ग की केन्जुमाले अहिले सम्म ५० भन्दा बढी गीतहरु मार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली गीतका पारखीलाई मनोरन्जन तथा आनन्द दुबै प्रदान गरिसक्नु भएको छ । “वन डे” र “मेरा यात्रा” गरी दुइ सोलो एलबम स्रोता माझ प्रस्तुत गरिसकेकी छिन । त्यति मात्र होइन उनले नेपाली चलचित्रहरु “ठेगाना” “सुखानी” “सहादत” र “वल्र्ड कप इन नेपाल”मा समेत आफ्नो सुमधुर स्वर प्रस्तुत गरिसकेकी छिन । त्यसो त उनको केहि कलेक्सन एलबम्हरुमा समेत उनको स्वर सुन्न पाइन्छ । उनको गाना आनन्दमय हुन्छ । मन छुन्छ गीतका शब्दहरुले । उत्तिकै कण्ठ प्रिय पनि । तर भड्किलो हुन्दैन । मान्छेहरुको भिड त्यति जम्मा गर्दैन उनको गीत तथा म्यूजिक भिडियोले । तर अवश्य पनि नेपाली पनको आनन्द र मनोरन्जन भने भरपुर प्रर्दान गर्दछ । यतिका गीतहरु मार्फत स्रोता तथा दर्शक माझ नजिकीने अवसर पाउादा पाउादै पनि अहिले सम्म उहााहरुबाट ताली या गाली नआएकोमा साह्रै सुर्ताउनु भएको छ रे ।

          अहिले उहााले “म फूल हुा, नच्यात मलाई, भोलीलाई पनि चाहिन्छ...” को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ यस गीतमा शब्द फूलमान पाल रहेको छ । संगित सृजना जोग्ले डंगोलले गर्नु भएको छ भने कोरियो ग्राफि रापरविन श्रेष्ठको रहेको छ । अति नै सुन्दर दृश्य र प्रस्तुतीका साथमा उहााको सुमधुर स्वरले सजिएको यस म्यूजिक भिडियोले अवश्य पनि दर्शक तथा स्रोताको मन जित्न सफल हुने नै छ भन्ने उहाामा पुर्ण विश्वास रहेको बताउनु हुन्छ । यति विश्वास मन भरी सााचिरहादा पनि स्रोताहरुको प्रतिक्रयाहरु नआउला भन्ने चाहिा उहाालाई साह्रै चिन्ता छ रे । उहाा भन्नु हुन्छ “ म गीतका पारखीहरुको गाली या तालीको प्रतिक्षामा रहिरहेको हुने छु ।” यस अघिको “शिर फूल शिरैमा बोलको...” गीतले दर्शक तथा स्रोताहरु तान्न भने निकै सफल रहेको थियो । 

Tuesday, September 22, 2015

प्रचण्ड भन्छन् : बाबुरामले पार्टी छाड्दा कसैको भलो हुँदैन

प्रचण्ड भन्छन् : बाबुरामले पार्टी छाड्दा कसैको भलो हुँदैन

५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम धेरै जटिल मान्छेको नाम भएको टिप्पणी गरेका छन् । बीबीसी नेपाली सेवालाई...
भारतका मिडियामा नेपालको नकारात्मक प्रचार, प्राथमिकतामा मधेश आन्दोलन

भारतका मिडियामा नेपालको नकारात्मक प्रचार, प्राथमिकतामा मधेश आन्दोलन

भारतका सञ्चार माध्यामहरु छिमेकी मुलुकका घटनाक्रमहरुलाई नकरात्मक रुपमा प्रस्तुत गर्न माहिर मानिन्छन् । गतिलो जनशक्ति, आधुनिक प्रविधी तथा आर्थिक हिसावले सवल हुँदाहुँदै पनि पटक्कै गुणात्मकता प्रदान गर्न नसकेको आरोप लाग्ने गर्दछ भारतीय मिडियाहरुमाथि । घरेलु घटनालाई अतिरञ्जित रुपमा प्रस्तुत गर्ने भारतीय मिडियाले छिमेकी देशहरुलाई समेत कम्ति दुख दिदैनन् । नेपालमा संविधान निर्माणलाई भारतीय मिडियाहरुले नकरात्मक प्रचार प्रसार नै गरेको देखियो । भारतको चर्चित पत्रिका टाईम्स अफ इन्डियाले केही दिनएता नेपालमा संविधान बनेपनि स्थायित्व आउन नसक्ने भन्दै समाचार प्रेसित गरिरहेको छ । उसको भनाइमा तराई मधेसलाई उपेक्षा गरिएको कारण नेपालको नया संविधानले द्धन्द्ध बढाएको हो । भारतमा अन्य मिडिया भन्दा केही प्रगतिशिल मानिएको द हिन्दु पत्रिका तथा अनलाईनले नया संविधान निर्माणको खुशी भन्दापनि नेपालका विभिन्न स्थानहरुमा भईरहेका हिंसात्मक आन्दोलनहरुलाइ बढ्ता महत्व दिँदै आएको छ । नेपालका प्रमुख दलहरुले पछिल्लो पटक भारत संस्थापन पक्षको सुझावलाई लत्याएको उल्लेख गरेको छ ।
त्यस्तैगरि भारतमा धेरै हेरिने हिन्दीभाषी टेलिभिजन आजतकले नेपालवारे खासै समाचार प्रेसित नगरे पनि नेपालमा संविधान जारी भएसंगै खुशीयाली र विरोध दुवै देखिएको वताएको छ । त्यस्तैगरि अर्को टेलिभिजन एविपी न्युजले पनि नया संविधानले पहिलेको भन्दा अग्रगमनकारी भएपनि मधेसी र थारुहरुका मागहरु सम्वोधन नगरी अगाडी बढ्दा दीगो शान्ति स्थापना हुन अप्ठ्यारो हुने बताएको छ । भारतका बढी विक्री हुने अखवारमध्ये पर्ने हिन्दुस्तान टाईम्सले अन्य मिडियाले जस्तै नेपालवारे भ्रमात्मक समाचारहरु प्रेसित गर्दै आएकोमा मङ्गलवारको उसको अनलाईन संस्करणमा नेपालको नया संविधानलाई भारतले स्वागत नगरेको कारण आक्रोसित नेपालीहरुले सामाजिक सञ्जाल मार्फत व्याकअफइन्डियाको ट्रेन्डिङवाट आक्रोस पोखिरहेको कुरालाई मुख्य समाचार बनाएको छ । नेपालमा संविधान निर्माणको अन्तिम गृहकार्यदेखि नया संविधान घोषणा हुँदासम्म र मङ्गलवारसम्मको घटनाक्रमलाई लिएर विभिन्न भारतीय मिडियाहरुले सम्प्रेषण गरेको समाचारलाई हेर्ने हो भने सकरात्मक भन्दापनि नकरात्मक नै भेटिन्छ । भारतीय संस्थापन पक्षको आवाजलाई नै भारतका मिडियाहरुले स्थान दिएको पाईन्छ । दक्षिण एसियाका मिडिया सम्वद्ध विज्ञहरु भारतीय मिडियाहरुको अराजक प्रवृति र छिमेकी मुलुकहरुप्रति हेपाहा दृष्टिकोण परिवर्तन नभएसम्म समग्र भारतप्रतिको नकरात्मक धारणामा परिवर्तन नआउने वताउँछन् ।
घरभित्र भेटिए योनीका २१ टुक्रा, बन्दुक पसले पक्राउ

घरभित्र भेटिए योनीका २१ टुक्रा, बन्दुक पसले पक्राउ

महिला यौनांगको २१ वटा टुक्रा घरभित्र राखेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । डेनमार्कका ती पुरुषाई दक्षिण अफ्रिकामा पक्राउ गरिएको हो ।
भाले फाइट’मा बाबु र रीमाको बिहे

भाले फाइट’मा बाबु र रीमाको बिहे

rima-and-babu-bihe
असोज ८ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भाले फाइट’ले अहिले विस्तारै चर्चा पाइरहेको छ । चलचित्रलाई लिएर यसका कलाकार आशातित देखिएका छन् । खस्कदो करिअरलाई बचाउनका लागि नायक बाबु बोगटी र नायिका रीमा विश्वकर्मालाई यो चलचित्र चल्नु नै पर्छ ।
नारीको कथामा आधारित यो चलचित्रको एक तस्बिर निर्माणपक्षले उपलब्ध गराएको छ । जसमा नायक बाबु बोगटी र नायिका रीमा विश्वकर्मा बिहे बन्धनमा बा“धिएको देख्न सकिन्छ ।
चलचित्रमा रीमा र बाबुलाई हा“स्य कलाकार सन्दिप क्षेत्रीले पनि साथ दिएका छन् । भोजबहादुर गुरुङको प्रस्तुतीमा तयार भएको चलचित्रलाई अशोक राइले निर्देशन गरेका हुन् ।


बास्तविक जीवनमा बाबु बिबाहित भएपनि रीमा भने अविवाहित छन् । तर, पनि रीमाले भने चलचित्रमा भएपनि बिबाहको अनुभव संगालेकी छिन् ।
नामले पुरुषको कथालाई चित्रित गरेपनि चलचित्र भित्र भने रीमा नै हाबी देखिएकी छिन् ।
महिनामा ४० हजारको खान्छु, नखाने कुरा केहि छैन

महिनामा ४० हजारको खान्छु, नखाने कुरा केहि छैन

एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् महिमा सिलवालले । केही म्युजिक भिडियोमा समेत देखिएकी महिमा अहिले सुटिङको क्रममा बुटवलमा छिन् ।
प्रचण्डले भने-नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं

प्रचण्डले भने-नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं

'स्वाभिमानमा प्रहार भए प्रतिवाद गर्न तयार छौं'

५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले भारतले नाकाबन्दी गरेपनि आत्तिनु नपर्ने बताएका छन् 
कांग्रेस एमालेका शीर्षनेताले भने- भारतसँग कुरा हुन्छ

कांग्रेस एमालेका शीर्षनेताले भने- भारतसँग कुरा हुन्छ

५ असोज, काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेताहरुले भारतले नेपाललाई नाकाबन्दी लगाउन नसक्ने र त्यो सोच्न पनि नहुने प्रतिक्रिया दिएका छन् ।
डिलिट भएको एसएमएस कसरी फिर्ता ल्याउने ?

डिलिट भएको एसएमएस कसरी फिर्ता ल्याउने ?

यदी तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ ।
एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ?
कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ । ठिक त्यही हुन्छ स्मार्टफोनमा पनि । तपाइर्ंले डिलिट गरेको डाटा छोटो समयका लागि फोनभित्रै सुरक्षित हुन्छ । डाटा रिकभरी सफ्टवेयरको प्रयोगबाट तपाईं यसलाई फिर्ता ल्याउन सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड डाटा रिकभरी, डा. फोन जस्ता एपहरु तपाईंलाई काम लाग्न सक्छन् ।
कानूनअनुसार सबै फोन कम्पनीहरुले तपाईको मोबाइलको म्यासेज स्टोर गर्नु आवश्यक हुन्छ । प्रहरी वा कुनै कानूनी निकायले मागेको खण्डमा कम्पनीहरुले यस्तो जानकारी दिनैपर्छ । त्यसैले तपाईंलाई अति आवश्यक कुनै म्यासेज छ भने त्यसलाई फोन कम्पनिमार्फत पनि माग्न सकिन्छ । तर यसका लागि तपाईले केहि कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
त्यसो त तपाईंको फोनका लागि एसएमएस ब्याकअपको पनि एउटा एप छ । यसलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।
चीनमा एप्पलको एप्स स्टोरमाथि भाइरस हमला

चीनमा एप्पलको एप्स स्टोरमाथि भाइरस हमला

चीनमा आइफोन र आइप्याडका केही लोकप्रिय एप्लिकेसनमा भाइरस आक्रमण भएको अमेरिकी एप्पल कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यो भाइरसलाई हटाउने प्रयासमा एप्पलको टीम प्रयासरत छ ।
आइतबार यस्तो भाइरस देखा पर्नुअघि केही साइबर सेक्युरिटी फर्ममा एक्सकोडघोष नामक मेलवेयर देखापरेको जानकारी प्राप्त भएको थियो । कम्पनीले बताएको छ कि एपमा यो भाइरस सयकडौंको संख्यामा देखापरेको छ ।
चीनमा एप्पलको एप्स स्टोरमाथिको यो भाइरस हमलालाई निकै ठूलो विषय मानिएको छ । यसलाई विश्वभरिका सञ्चार माध्यमले महत्वका साथ समाचार बनाएका छन् ।
कम्पनीको भनाइ छ कि यो आक्रमण ह्याकरहरुबाट भएको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमले एप्पलका प्रवक्ता क्रिस्टिन मोनागनलाई उद्धृत गर्दै भनेका छन्- हामी डुभलपर्सका साथ काम गरिरहेका छौं, ताकि यो सुनिश्चित होस् कि तिनले आफ्नो एप फेरि निर्माण गर्नका लागि एक्सकोडको सही भर्सनको प्रयोग गर्न सकुन् ।
तर, एप्पलले यो बताएको छैन कि उसका कति एपमा यस्तो भाइरस आक्रमण भएको छ । कम्पनीको भनाइ छ कि त्यस्ता एप्सलाई स्टोरबाट हटाइएको छ ।
नेपाली बजारमा आयो ग्यालेक्सी नोट फाइभ

नेपाली बजारमा आयो ग्यालेक्सी नोट फाइभ





नेपाली बजारमा सामसुङको बहुप्रतिक्षित ग्यालेक्सी नोट फाइभ बिक्री सुरु भएको छ । अत्याधुनिक प्रविधियुक्त नोट फाइभ सोमबारदेखि नेपालमा बिक्री सुरु गरिएको हो ।

कोरियन स्मार्टफोन निर्माता सामसुङले यस अघिका नोटहरु भव्य समारोह मार्फत सार्वजनिक गर्दै आएको थियो । नोट फाइभ भने सुटुक्क बजारमा पठाइएको छ । नेपालमा नोट फाइभको मूल्य ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

पूर्णतया नयाँ डिजाइनमा रहेको नोट फाइभमा अपत्यारिला उपकरणहरु समावेश गरिएको छ । यसमा रहेको सिग्नेचर एस-पेनले उक्त उपकरण चलाउन थप सहजता प्रदान गर्ने छ । नेपालमा नोट फाइभ अहिलेसम्मकै अत्याधुनिक स्मार्टफोन भएको कम्पनीको दाबी छ ।

उच्च प्रविधियुक्त नोट फाइभमा ५.७ इञ्चको क्वार्ड एचडी सुपर एमलोइड डिस्प्ले रहेको छ । यसमा ४ जीबी र्‍याम रहेको छ । अक्टा कोर (२.१ गीगाहर्ज क्वाड + १.५ गीगाहर्ज क्वाड) प्रोसेसर, ओएस इन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिष्टम लगायतका विशेषताले नोट फाइभ उच्च गतिमा चलाउन सकिने छ ।



नोट फाइभ नेपालमा ३२ जीबी मेमोरीमा उपलब्ध छ । ब्ल्याक सेपियर, गोल्ड प्लाटिनियम र सिल्भर टाइटानियम गरी तीन आकर्षक कलरमा उपलब्ध भएको सामसुङ इलेक्ट्रोनिक्स नेपालले जनाएको छ । नोट फाइभ खरिदमा १ जीबी एनसेल थ्रीजी डाटा ६ महिनाका लागि निःशुल्क प्राप्त हुनेछ ।

सामसुङले सन् २०११ मा ग्यालेक्सी नोट सार्वजनिक गरेयता नेपाली उपभोक्तालाई ठूलो डिस्प्ले भएको स्मार्टफोन उपलब्ध गराउन थालेको हो ।

नोट फाइभको बाहिरी भाग मेटल र ग्लास प्रयोग गरेर आकर्षक डिजाइनमा तयारी पारिखएको छ । मोबाइलमा आकर्षक डिजाइन र कलरको संयोजन गरिएको हुँदा निकै आकर्षक देखिन्छ । यो विश्वकै मोबाइल बजारको ‘आइकोनिक डिभाइस’ भएको सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापित बताए ।

उच्च क्षमताको क्यामेरा

नोट फाइभमा १६ मेगापिक्सेल क्यामेरा रहेको छ । यसअघि बजारमा आएको नोट फोरमा पनि १६ मेगापिक्सेल क्यामेरा रहेको थियो । अगाडिको क्यामेरा भने बढाएर ५ मेगापिक्सेल पुर्‍याएको छ । नोट फोरमा अगाडिको क्यामेरा ३.७ मेगापिक्सेल रहेको थियो ।

पछिल्लो समय विकास भएको सेल्फी कल्चरलाई मध्यनजर गर्दै सामसुङले नोट फाइभमा अगाडिको क्यामेराको क्षमता बढाएको हो । अहिले ग्राहकले मोबाइल खरिद गर्दा सेल्फी क्यामेरामा विशेष ध्यान दिन थालेका छन् ।

नोट फाइभमा अगाडिको क्यामेरामा पनि अटो रियल टाइभ एचडिआर प्रविधि अपनाइएको छ । नोट फोरमा यो सुविधा पछाडिको क्यामेरामा मात्र थियो । यो प्रविधिले भिडियोलाई स्थिर बनाउन मद्दत गर्छ ।



एस-पेन

नोट फाइभमा अर्को आकर्षक बिशेषताका रुपमा एस-पेन रहेको छ । जसले मोबाइलमा रहेका अपत्यारिला उपकरण चलाउन सहजता प्रदान गरिदिने छ । एस-पेनबाट मोबाइलका एपहरु चलाउन र नोट लेख्न सकिन्छ । यसले उत्पादकत्व समेत बढाइदिने दाबी गरिएको छ ।

नोट फाइभको ब्याट्री क्षमता घटाइएको । यसमा ३००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जबकी नोट फोरमा ३२२० एमएएच क्षमताको ब्याट्री राखिएको छ । तर, चार्ज हुने समय भने नोट फोरको तुलनामा फाइभमा घटेको छ ।

नोट फोरको ब्याट्री ९९ मिनेटमा फुल चार्ज हुन्थ्यो भने फाइभको ब्याट्री ९० मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ । नोट फाइभमा वायरलेस -तारबीना) चार्जिङ सुविधा समेत रहेको छ । वायरलेस चार्ज गर्दा मोबाइल १२० मिनेटमा मात्र फुल चार्ज हुने छ ।
ह्याकरबाट जोगिने ५ टिप्स

ह्याकरबाट जोगिने ५ टिप्स

इन्टरनेट दैनिक जिवनको अभिन्न अंग बन्दै गएको छ । संचार, सूचनाको खोजी तथा वित्तिय कारोबार लगायतका काममा समेत इन्टनेटको प्रयोग बढ्दै गएको छ ।विज्ञान आफैमा वरदान भएपनि यसको गलत प्रयोग तथा असावधानीले कहिलेकाहीँ यसलाई अभिषापमा परिणत गरिदिन्छ भनेझैँ इन्टरनेटको प्रयोगमा समेत सावधानी नअपनाउने हो भने कहिलेकाहीँ यसले ठूलो क्षति पूराउन सक्छ । इन्टरनेट मार्फत वित्तिय कारोबार समेत हुने भएकाले यसप्रति धेरैका आँखा लाग्छन् र ह्याकरहरु इन्टरनेट प्रयोगकर्ताको अकाउण्ट ह्याक गरेर त्यसबाट वित्तिय तथा अन्य खाले फाइदा लुट्नका लागि हरदम प्रयत्न गरिरहेका हुन्छन् । त्यसैले आफ्नो इन्टरनेटका विभिन्न अकाउण्टहरुलाई ह्याकरबाट सुरक्षित राख्नु जरुरी हुन्छ । यसका लागि निम्नानुसारका उपायहरु अबलम्बन गर्न सकिन्छः
  1.  इन्टरनेट प्रयोगकर्ताले व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इमेलको प्रयोग गर्दछन् । यो संचारको निकै सरल तथा द्रुत विधि हो । तर ह्याकरहरुले इमेललाई विभिन्न सूचना चोरी तथा ह्याक गर्ने कार्यका लागि दुरुपयोग गरिरहेका हुन्छन् । विभिन्न खालका नक्कली तथा लोभ्याउने खालका इमेलहरु पठाएर ठग्न सक्छन् । यस्ता नक्कली ठगी इमेलहरुमा चिट्ठा जितेको, लाखौँ पुरस्कार पाएको तथा कसैले पैसा दान गर्न लागेको भन्ने जस्ता इमेलहरु रहन्छन् । यसबाट सम्बन्धित मानिसको बैंक अकाउण्ट लगायतका महत्वपूर्ण वित्तिय जानकारीहरु लिने र सोही मार्फत थप जानकारी प्राप्त गरी अकाउण्ट ह्याक गर्न सक्छन् । त्यसैले नचिनेका मानिसहरुबाट आउने यस्ता फाल्तु इमेलहरु डिलिट गरिहाल्नुपर्छ, त्यसमा भने अनुसार गर्नतिर लाग्नु हुँदैन । कतिपय इमेलहरुमा त अट्याचमेन्ट मार्फत भाइरस समेत पठाइएको हुन्छ । त्यस्ता अट्याचमेन्ट फाइलहरु खोल्दा कम्प्युटरलाई भाइरसले आक्रमण गर्छ र अकाउण्ट ह्याक पनि हुनसक्छ ।
  2.  विश्वमा करोडौँको संख्यामा वेबसाइटहरु सिर्जना गरिएका छन् । कतिपय वेबसाइटहरु सक्कली हुन्छन् भने कतिपय वेबसाइटहरु सक्कली वेबसाइटको नाम राखेर ठगीको प्रयोजनका लागि खोलिएका नक्कली वेबसाइटहरु हुन्छन् । यस्ता नक्कली वेबसाइट तथा स्मार्टफोन र ट्याब्लेट एप्सहरुबाट पनि ह्याकरहरुले इन्टरनेट प्रयोगकर्तालाई सिकार बनाउने गर्छन् । धेरै घटनाहरुमा ह्याकरहरुले कुनै बैंकको नक्कली वेबसाइट सिर्जना गरेर उक्त बैंकका प्रयोगकर्तालार्य झुक्याउने गरेको पाइएको छ । यस्ता नक्कली वेबसाइटमार्फत बैंक प्रयोगकर्तालाई उनीहरुको अनलाइन अकाउण्टमा लगइन गर्न लगाउने र त्यसबाट युजरनेम तथा पासवर्ड कब्जा गरेर अकाउण्ट ह्याक गरी बैंक अकाउण्टमा रहेको पैसा छिनभरमा रित्याइदिन सक्छन् । त्यसैले कुनै वेबसाइट आफुले प्रयोग गर्ने गरेको बैंकको सक्कली वेबसाइट हो की होइन भनेर ठम्याउनुपर्छ यसका लागि ब्राउजरको एड्रेस बारमा हेर्नुपर्छ । वेबसाइटको नाम अगाडि एचटीपिपिएस रहेको वेबसाइट बैंकको सक्कली वेबसाइट हुन्छ, किनकी यसले कुनै साइटले सुरक्षा प्रमाणपत्र प्रयोग गरेको प्रमाणित हुन्छ । त्यस्तै एप्सको सन्दर्भमा एप डेभलपरको नाम चेक गर्नुहोस् । एप स्टोरमा प्रायः कुनैपनि एपको तलपटि्ट यसको नाम उल्लेखभएको हुन्छ । त्यस्तै कुनै बैंकिंग एपलाई इन्स्टल गर्नुअघि त्यसको बारेमा पर्याप्त रिभ्यु अध्ययन गर्नुहोस् र आधिकारिक भएमा मात्र इन्स्टल गर्नुहोस् । अफिसियल एप स्टोरबाट मात्र बैंकिंग एप डाउनलोड गर्नुपर्छ ।
  3. अनलाइनमार्फत कारोबार गर्दा वा कुनै सामान खरीद गर्दा वस्तुको विज्ञापनको भुलभुलैयामा पर्नु हुँदैन । कुनैपनि वस्तुको विज्ञापनमा त्यसको मूल्य सामान्य मूल्यभन्दा निकै नै कम उल्लेख भएको छ भने बुझ्नुहोस् त्यसले तपाइँलाई सरासर ठग्दैछ । उत्पादक तथा बिक्रेताले अनलाइनमार्फत छुट दिनसक्छ, तर ८०, ९० प्रतिशत छुट भन्यो भने त्यसले रातो झण्डा देखायो भनेर बुझ्नुस् । अझ यतिधेरै छुटमा सामान किन्नका लागि अगि्रम भुक्तानी दिनुपर्ने भन्ने शर्त राख्यो भने त पक्का हुनुस् की तपाइँलाई ठग्दैछ । यदि ठग्ने होइन र सामान दिने नै हो भनेपनि त्यस्तो सामान चोरीको वा अवैध रुपमा खरीद गरिएको हुनसक्छ । अनलाइनमा सक्कली तथा वास्तविक सामान भेट्टाउनुभयो भने पनि खरीद गर्दा बिक्रेताको आइडी प्रुफ लिन नभुल्नुहोस् ।
  4.  कि लगर भन्ने यस्तो सफ्टवेयर हो जसले तपाइँले किबोर्डमा थिच्ने हरेक बटनको रेकर्ड राख्दछ । त्यसैले ठग तथा ह्याकरले यहीँ सफ्टवेयरको माध्यमबाट तपाइँको अकाउण्टको पासवर्ड थाहा पाउन सक्छ र ह्याक गर्न सक्छ । ह्याकरहरुले साइबर क्याफेहरुका कम्प्युटरमा गोप्यरुपमा यो सफ्टवेयर डाउनलोड गर्ने र साइबर क्याफेका प्रयोगकर्ताका अकाउण्ट ह्याक गर्ने गरेको पाइएको छ । त्यसैले साइबर क्याफेको कम्प्युटर प्रयोग गर्दा त्यसमा कि लगर सफ्टवेयर छ छैन ? जाँच गर्नुहोस् र सकेसम्म धेरैले प्रयोग गर्ने त्यस्ता सार्वजनिक कम्प्युटरबाट आफ्ना गोप्य अकाउण्टहरु नखोल्नुहोस् ।
  5. आफ्नो फोनमा क्रेडिट कार्डको विवरण नराख्नुहोस् । धेरै बैंकहरुले आफ्ना प्रयोगकर्तालाई यस बारेमा सचेत पनि गराएका हुन्छन् । त्यस्तै कसैले आफु बैंकको प्रतिनिधि भन्दै तपाइँलाई फोनबाट तपाइँको क्रेडिट कार्डको विवरण सोध्यो भने पनि त्यसको जवाफ नदिनुस् । किनकी कुनैपनि बैंकले क्रेडिट कार्ड वा डेबिट कार्डको विवरण आफ्ना ग्राहकसँग फोनमार्फत सोध्दैन । त्यसरी सोध्ने व्यक्ति ठग वा ह्याकर हुनसक्छ ।

ट्वीटरमा #BackOffIndia  वर्ल्डवाइड ट्रेन्डिङ

ट्वीटरमा #BackOffIndia वर्ल्डवाइड ट्रेन्डिङ

पाकिस्तानी र खालिस्तानी पनि मिसिए

५ असोज, काठमाडौं । भारतले नेपालमाथि नाकाबन्दी लगाउने आशयको विज्ञप्ति जारी गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा शुरु भएको ‘ब्याक अफ इण्डिया’ ट्रेन्ड विश्वव्यापी रुपमा भाइरल बनेको छ ।


नेपालको संविधानप्रति तिब्र असन्तोष जनाउँदै तेल आपूर्तिसमेत रोकेपछि सामाजिक संजालमा नेपालीहरुले भारत फिर्ता जाउ अभियान सुरु गरेका थिए ।ट्विटर प्रयोगकर्ताहरुले संविधान निर्माण नेपालको सार्वभौम निर्णय भएको भन्दै त्यसमा भारतको हस्तक्षेप अस्वीकार्य भएको धारणा राखेका छन् । एमाले पूर्व सभासद शान्ता चौधरीले हामी मिलेर बस्छौं, फुटाउनु पर्दैन भनेर ट्वीट गरेकी छन् ।

लेनिन बन्जाडे @lendaai ले लेखेका छन्, “कुटनीति भनेको कुटिराख्ने नीति होईन डियर मोदी! तिम्रो नेतृत्वलाई यो नेपालीको उपहार हो।#BackOffIndia”
मंगलबार दिउँसो एक समय यो ह्यासट्याग नेपालमा मात्र होइन, विश्वभर नै टप ट्रेण्डिङमा दोस्रो स्थानमा पुग्यो । दिनभर नै टप टेनमा भने रहिरह्यो ।यो ट्रेण्डमा हजारौं पाकिस्तानीहरु समेत सहभागी भएका छन् भने भारतकै पन्जाबीहरु समेत भिडेका छन् । पन्जाबीहरुले स्वतन्त्र खालिस्तानको नारा पुनः व्युँताउदै ब्याक अफ इण्डिया ट्रेडलाई समर्थन गरेका छन् ।नेपालीहरुले शुरु गरेको ब्याक अफ इण्डिया ट्रेन्डलाई पाकिस्तानी ट्वीटेहरुलाई विश्वव्यापी बनाउने अभियान चलाएका छन् । यो अभियानमा पाकिस्तानी युवा युवती धेरै सहभागी भएका छन् ।पाकिस्तानी नागकिर युसफ मल्लिक लेख्छन्-प्रिय नेपाली दाजु भाइ ब्याक अफ इण्डिया ट्रेन्ड अब विश्वव्यापी बन्दैछ, हामी यसलाई विश्वव्यापी बनाउनेछौं, तपाईहरु ट्वीट गर्दै जानुस् । त्यस्तै पन्जाबी नागरिक जसदीप सिंहले यो ट्रेण्डलाई समर्थन गर्दै खालिस्तानमा राष्ट्रसंघीय हस्तक्षेप आवश्यक रहेको औल्याएका छन् । ‘भारतले हजारौं शिखहरुलाई मारेको छ, हामी भारतबाट कुनै पनि मूल्यमा स्वतन्त्रता चाहान्छौं’ उनले लेखेका छन् । पाकिस्तानीहरुले स्थापित गरेको ‘ब्याक अफ इण्डिया’ ट्रेण्डमा गोर्खाल्याण्ड नेपालीहरुको जन्मस्थल भन्दै भारतले जबर्जस्ति कब्जा गरेकाले नेपाललाई फिर्ता गर्नुपर्ने आवाज समेत उठाइएको छ ।पाकिस्तानी किशोरी जारी अल्बी लेख्छिन्-गोर्खाल्याण्ड नेपाली भूमी हो, भारतले कब्जा गरेको छ । गोर्खालीहरुले भारतलाई बचाए तर, बदलामा भारतले नेपाललाई के दिदै छ ?

Monday, September 21, 2015

संस्थागत निर्णय बिना बाबुराम पक्षले संविधानको स्वागत नगर्ने

संस्थागत निर्णय बिना बाबुराम पक्षले संविधानको स्वागत नगर्ने

सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालबीच बनेको नयाँ गठबन्धनबाट पनि भट्टराई असन्तुष्ट

 ज्वरोले अस्वस्थ भनिएका भट्टराई आफ्नो निवास सानेपामा पार्टीका विभिन्न समूहसँग दिनभर छलफलमा ब्यस्त रहेको पार्टीका केही नेताले सेतोपाटीलाई जानकारी दिए। नेताहरूका अनुसार भट्टराईले हेमराज भण्डारी, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, नवराज सुवेदी, कल्पना धमला, अमनलाल मोदी, शिवलाल मण्डल लगायत नेताहरूसँग विभिन्न समूहमा आफ्नो गुटको आगामी रणनीति बारे दिनभर छलफल गरेका थिए

 प्रचण्डले भारतलाई भने- हामी ‘यस मेन’ हुन चाहँदैनौं 'हामी मित्र हुन चाहन्छौं'

प्रचण्डले भारतलाई भने- हामी ‘यस मेन’ हुन चाहँदैनौं 'हामी मित्र हुन चाहन्छौं'

Prachanda at Tudikhel Shava
४ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु भारतको ‘यस मेन’ नहुने बताएका छन् ।

नयाँ संविधान घोषणाको स्वागत गर्न सैनिक मञ्च टुँडिखेलमा सोमबार भएको आमसभामा प्रचण्डले भारतले खेलेको भूमिकाको कडा आलोचना गरे । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तुलानात्मकरुपमा नरम देखिए भने प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले चर्चा गर्न चाहेनन् ।

सरकारी आयोजनामा भएको आमसभामा प्रचण्ड पहिलो वक्ता थिए । उनले ‘नेपाली हामी रहुँदा कहाँ नेपाललै नरहे भन्ने माधवप्रसाद घिमिरे र एकयुगमा एक दिन एकचोटि आउँछ भन्ने कवि गोपालप्रसाद रिमालको कविता स्मरण गर्दै सम्बोधन सुरु गरे ।

थारु र मधेसीलाई वार्तामा आउन आहृवान गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले सम्वोधनको अन्त्यमा भारतीय भूमिकाको चर्को आलोचना गरे । उनले अरुको स्वतन्त्रतालाई सम्मान गर्न नसक्ने आफैं स्वतन्त्र नहुने बताए ।

भारतीय नेताहरुसँग के भन्न चाहन्छु भन्दै प्रचण्डले भने-‘हामी असल मित्रका रुपमा तपाईहरुको जायज चासो र चिन्तालाई सहयोग गर्न तयार छौं । र हामी चाहन्छौं भारत सरकार र जनताले नेपालका जायज चिन्ता, चासो र आवश्यकतालाई त्यसरी नै सहयोग गरोस् ।’

उनले अघि भने- ‘मैले भनेको छु, हामी मित्र हुन चाहन्छौं । हामी फेरि कसैको पनि ‘एस म्यान’ अर्थात जे भन्यो, त्यही मान्ने नेपाली कहिल्यै भएनन् । कहिल्यै हुने छैनन् । यसलाई सम्मान गर्न विशेष रुपले अनुरोध गर्न चाहन्छौं ।’

वार्तामा आउन थारु र मधेसीलाई अपील

एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी, थारु, जनजाति समुदायमा केही प्रश्नहरु र गम्भीर असहमति देखिएको बताए । तर, मधेसी समुदायको धेरै माग सम्बोधन भएको भन्दै उनले वार्तामा आउन अपील गरेका छन् ।



सप्तरीदेखि पर्सासम्मको पहिचानमा आधारित प्रदेश बनेको, नागरिकताको मुद्दा सदाका लागि समाधान भएको तथा समानुपातिक समावेशीको मुद्दा सम्बोधन हुने क्रममा रहेको उनले बताए ।

उनले अघि भने-जहाँसम्म सीमाकंनको कुरा छ, यो वार्ताबाट सम्बोधन गर्न सकिन्छ । म तपाईहरुको जायज मागको पक्षमा निरन्तर लाग्ने विश्वास दिलाउँछु र वार्ताको टेबलमा आउन अपील गर्छु ।’

एमाओवादी अध्यक्ष प्रचण्डले थारु समुदायलाई पनि वार्तामा आउन अपील गरेका छन् ।

Sunday, September 20, 2015

राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ जारी भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ जारी भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

असोज,३ काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।
राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।
राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

Saturday, September 19, 2015

मधेसी र थारुलाई तीन दलको सम्बोधनः प्रदेशको सीमा हेरफेर गर्न तयार छौं

मधेसी र थारुलाई तीन दलको सम्बोधनः प्रदेशको सीमा हेरफेर गर्न तयार छौं

२ असोज, काठमाडौं । प्रमुख तीन दलले आन्दोलनरत मधेसी र थारु समुदायले उठाएको सीमांकन र निर्वाचन क्षेत्र सम्वन्धी मागको सम्बोधन गरेका छन् । साथै वार्ता र सम्वादमा आउन र नयाँ संविधान घोषणाको उत्सवमा सहभागी हुन शीर्षनेताहरुले संयुक्त अपील गरेका छन् ।
प्रमुख तीन दलले बालुवाटारमा संयुक्त पत्रकार सम्मेलन गरेर मधेसी मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले उठाएका मागलाई सम्बोधनको प्रयास गरेका हुन् ।
प्रधानमन्त्रीले भने- टाइम गएको छैन, सबै मिलेर उत्सव मनाऔं आयोग र भावी संसदले समस्या समाधान गर्न सक्ने

प्रधानमन्त्रीले भने- टाइम गएको छैन, सबै मिलेर उत्सव मनाऔं आयोग र भावी संसदले समस्या समाधान गर्न सक्ने


२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका लागि अहिले पनि ‘टाइम’ नसकिएको भन्दै आइतबार संविधान जारी गर्ने दिन उत्सवमा सहभागी हुन मधेसी नेताहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने-‘ यो बिरलै आउने अवसर हो । हामीले अहिले तराई मधेसका नेताहरुलाई आह्वान गरेका छौं, बसौं । एक ढिक्का भएर यो उत्सबमा सामेल हौं ।’

अहिलेको संविधानमा विभिन्न जात जाति र भाषा भाषीहरुको अधिकारको व्यवस्था गरिएको भन्दै प्रधानमन्त्रीले संविधानको बचाऊ गरे । उनले भने- ‘यस संविधानमा हक अधिकारका कुरा, भाषा, भेषभुषा ,संस्कृतिका कुराहरु सबैले गर्न पाउने अधिकार राखिएको छ ।’

सहमतिका लागि अझै पनि समय रहेको प्रधानमन्त्री कोइरालाले दाबी गरे- ‘अहिले पनि केही बितेको छैन । संविधान आयो, सबै पूर्व मेचीदेखि महाकाली, तराई मधेस, पहाड हिमालका सबै ठाउँका जनतालाई दिपावलीजस्तो पर्वका रुपमा मनाउन अहानग्रह गरेका छौं ।’

अहिलेको परिवर्तनका लागि लामो संघर्ष गर्नुपरेको बताउँदै प्रधानमन्त्रीले भने- ‘भनिरहनुपर्दैन, यत्रो परिवर्तनका निम्ति यत्रो वर्ष यो संविधान जनताले नै लेख्नका लागि ६५/७० वर्ष लाग्यो । यो ऐतिहासिक उपलब्धी हो ।’

प्रधाचनमन्त्री कोइरालाले आफूहरु मेल मिलापका लागि तयार रहेको बताए । ‘हामी हमेसा शािन्तपूर्ण ढंगले सहकार्य र मेलमिलापबाट समाधान गर्न लागिरहेका छौं, प्रयत्न जारी छ । अहिले पनि टाइन गएको छैन समाधानको निम्ति ।’

एउटा प्रक्रिया अन्त्य भए पनि आयोगमा बसेर नमिलेका कुरा छलफल गरेर मिलान हुने प्रधानमन्त्रीले आश्वासन दिए । उनले भने- ‘भोलि संसदमा पनि छलफल गरेर यसको निदान गर्न सकिन्छ । अहिलेको प्राथमिकता भनेको अमनचयन, शान्ति कायम गर्नु हो, सबै मिलेर भोलिको उत्सवमा सामेल हौंऔं, छलफल गरौं ।’
नयाँ संविधानमा हस्ताक्षर गर्न छुटेका सभासदलाई भोलि ४ बजेसम्म अवसर

नयाँ संविधानमा हस्ताक्षर गर्न छुटेका सभासदलाई भोलि ४ बजेसम्म अवसर

२ असोज, काठमाडौं । असन्तुष्ट दलका सभासदहरुलाई संविधान घोषणा हुनु एक घन्टा अघिसम्म हस्ताक्षर गर्न समय दिइएको छ । प्रक्रियामा सहभागी सभासदहरुले हस्ताक्षर गरेपछि
अझै नाचगान गर्ने बेला भइसकेको छैन : बाबुराम भट्टराई

अझै नाचगान गर्ने बेला भइसकेको छैन : बाबुराम भट्टराई

२ असोज, काभ्रे । एमाओवादी नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान हुन लाग्दा आफूलाई खुसी र गर्वको अनुभूति भएको बताएका छन् । तर, अहिले नै दिपावली र नाचगान गर्ने बेला भएको बताए ।
शनिबार काभ्रेको पाँचखाल १६ स्थित धुर्मुस सुन्तली एकीकृत वस्तीको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले मुलुक युगीन परिवर्तनको संघारमा भएको खुसीको अनुभूति रहेका बताए ।
तर, तराई मधेस, थारुवान र जनजातिका कयौं मुद्दाहरु सम्बोधन नभएकाले त्यहाँ असन्तुष्टि कायमै भन्दै उनले उनीहरुलाई छिटो सम्बोधन गर्नु पर्ने बताए ।
‘त्यहाँका जनतालाई पनि विश्वासमा लिएर हामीले संविधान बनाउनु पर्थ्यो, तर सकेनौं । जुन असन्तुष्टि छ, त्यसलाई छिट्टै सम्बोधन गर्‍यौं भने दिपावली गर्ने अवस्था आउँछ’ उनले भने-‘अहिले बढी नाचगान गर्नुभन्दा यसलाई सकारात्मक रुपमा लिएर सबैको समर्थन जुटाएर जानुपर्छ । म मुलरुपमा खुसी छु । तर, आशिंक रुपमा अझै नाचगान गर्ने बेला भइसकेको छैन ।’
भारतीय विशेष दूतको नेपाल भ्रमणबारे सोधिएको प्रश्नमा उनले एउटा छिमेकी चासो व्यक्त गर्दा भने उत्पातै भन्न जरुरी नभएको तर, संविधान नेपाली जनताले नै बनाउने हो भन्ने सबैले बुझ्नु पर्ने बताए ।
एमाओवादी नेता डा. भट्टराईले भने-‘एउटा कुरा हामी सबैले के बुझ्नुपर्छ भने संविधान बनाउने नेपाली जनताले हो र नेपाली जनताको फैसला सबैले स्वीकार गर्नुपर्छ ।’
मधेसी र थारुवान क्षेत्रका जनतालाई सन्तुष्ट पार्न नसक्दा असहज परिस्थिति बनेको भन्दै उनले भने-‘त्यसबाट छिमेकीको चासो तान्ने र छिमेकी संलग्न हुने खतरा बढेको छ । यसमा हामी सतर्क हुनुपर्छ ।’
मोर्गन र गोल्डेनगेट क्वाटरफाइनलमा

मोर्गन र गोल्डेनगेट क्वाटरफाइनलमा

४ असोज, काठमाडौं । मोर्गन इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हटिङ सिस्टमको पुल बनाउन सम्झौता

हटिङ सिस्टमको पुल बनाउन सम्झौता

हटिङ सिस्टमको पुल बनाउन सम्झौता५ असोज, काठमाडौं । हिटिङ सिस्टमसहितको पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी संघबीच मंगलबार समझदारी पत्र हस्ताक्षर भएको छ
गच्छदारसँग हस्ताक्षर हुन नसकेको ४ बुँदे सहमतिपत्रमा के थियो?

गच्छदारसँग हस्ताक्षर हुन नसकेको ४ बुँदे सहमतिपत्रमा के थियो?

बिहिबार राति १ बजेसम्म बसेर तीन प्रमुख दलका शीर्ष नेताले मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारसँग चार बुँदे सहमति तयार गरेका थिए।
घण्टौ लगाएर तयार पारिएको चार बुंदे सहमति पत्रको तीन नम्बर बुँदामा लेखिने एउटा शब्दावलीमा भने सहमति जुटेको थिएन। गच्छादारले त्यो बुँदाको सुरूमा ‘तराई-मधेस’ भन्ने शब्दावली थप्नुपर्ने जोड अन्तिमसम्मै गरे। सो शब्दावली राख्ने हो भने रातिनै हस्ताक्षर गर्न तयार रहेको उनले जनाए। तर केपी ओली, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाले सो शब्दावली सहमतिमा राख्न नसकिने भन्दै अड्डी कसे। सो अडान पछि सहमति पत्रमा हस्ताक्षरमा गर्ने कि नगर्नेमा गच्छादार दोधारमा परे।
अन्तिममा उनले म सहि गर्नुअघि एकपटक साथीहरुसँग सल्लाह गर्छु, उनीहरूलाई मनाएर भोलि मात्रै हस्ताक्षर गरौँ भने। तयार भएको सहमति पत्रमा हस्ताक्षर भएन। थोरै भूमिकाबाट सुरू भएको सो सहमति पत्रमा लेखेको यस्तो थियो: 

संयुक्त वक्तव्य
चार राजनीतिक दलद्वारा गरिएको १६ बुँदे समझदारी संविधानसभाबाट संविधान निर्माण गर्ने दिशामा एउटा ऐतिहासिक अग्रसरता प्रमाणि भएको छ। संविधान सभाबाट पारित नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुका साथै समावेशिता सामाजिक न्याय र जनताको समृद्धीको बाटोसमेत सुनिश्चित गरेको छ। संविधानलाई अझ बढी समृद्ध बनाउन निम्न लिखित सहमति गर्दै देशमा शान्ति र स्थायित्व कायम गर्न हामी प्रतिवद्ध छौं।
१) आर्थिक सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम एवं पिछडिएका क्षेत्र लगायतका जनताको राज्यका निकायमा अन्तरिम संवीधानको भावना र भैसकेको अभ्यास अनुरुप सामाजिक न्यायको हकमा समानुतिक समावेशी सिद्धान्तका आधारमा सहभागिता सुनिश्चित गर्ने गरी संविधानमा संसोधन गर्दा आवश्यक व्यवस्था गर्ने।
२) हाल कायम रहेका जिल्लाको भौगोलिक क्षेत्रमा कम्तिमा एक निर्वाचन क्षेत्र कायम राखी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी संविधानमा संशोधन गर्दा आवश्यक व्यवस्था गर्ने।
३) देशको विभिन्न भागमा देखिएका प्रदेशको सीमांकन सम्बन्धि विषयलाई राजनीतिक समस्याको रूपमा लिई राजनीतिक पहलका साथ त्यसको समाधान गर्न सहमतिका आधारमा संविधानमा संसोधन गर्दा आवश्यक व्यवस्था गर्ने।
४) देशका विभिन्न भागमा आन्दोलनका सन्दर्भमा भएका घाइतेहरुको आवश्यक उपचार तथा मृतकका परिवारलाई उपयुक्त राहत दिने निर्णय सरकारले गर्ने। आन्दोलनका क्रममा हिंसात्मक गतिविधि र आर्थिक गतिविधिमा संकट हुने अवरोध र बन्दका क्रियाकलापलाई तत्काल रोक्न आन्दोलनरत पक्षलाई आग्रह गर्ने र सरकारले अनावश्यक बल प्रयोग नगर्ने।
गच्छदारले भोलि पल्ट आफ्नो पार्टीमा छलफल गरे। पार्टीको राजनीतिक समितिमा गच्छदार अल्पमतमा छन्। राजनीतिक समिति ‘तराइ-मधेस’ भन्ने शब्दावाली राखेर पनि सहमति गर्ने पक्षमा थिएन। चार बुँदे ‘उधारो’ सहमतिको कुनै अर्थ छैन भन्ने राजनीतिक समितिका बहुमत सदस्यको राय थियो। तर पनि गच्छादार, राम जनम चौधरी र जितेन्द्र देव तीन जना मिलेर आँट गरेँ। ‘तराई-मधेस’ शब्दावली तीन नम्बर बुँदामा थपिए पार्टीको केन्द्रीय समितिमा लगेर भएपनि पास गराउन सकिन्छ भनेर हामीले आँट गर्‍यौ,’ एक नेताले भने, ‘समानुपातिक समावेसी र तराईको जनसंख्याको आधारमा प्रतिनिधित्व भन्ने कुरा सहमतिले सुनिश्चित भएकोले पार्टीमा पास गराउन सकिन्छ भन्ने लागेको थियो।’
शुक्रबार बिहान गच्छदारले आफूहरू १२ बजेपछि बालुवाटार आउने खबर पठाए। सहमति बन्ने भयो भनेर तीन मुख्य दलका शीर्ष नेताहरुपनि बालुवाटार पुगे। सहमतिमा हस्ताक्षर भएपछि गच्छदारलाई लिएर संविधान सभामा जाने र संविधानमा हस्ताक्षर गर्ने योजना शीर्ष नेताले बनाए। गच्छदारले पनि आफ्ना सबै सभासद्लाई संविधानमा हस्ताक्षर गर्न जानका लागि तम्तयार राखेका थिए। 
एक बजे पछि गच्छदार बालुवाटार पुगे। ‘तराई-मधेस’ लगायत भन्ने शब्दावली तीन नम्बर बुँदामा नराखी सहि गर्न आफूलाई पार्टीमा अप्ठ्यारो पर्‍यो, तपाइँ नेताहरुले बुझिदिनु पर्‍यो, उनले तीन दलका शीर्ष नेताहरुलाई भने।
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला पडकीए ‘देशभरि समस्या र विवाद छन्, तराई-मधेस मात्रै किन लेख्ने?’ ओली र शेरबहादुर देउवाले पनि सो शब्दावली राख्न नसकिने अड्डी कसिरहे। गच्छदार र देवले आफ्नो पार्टी मुलत: मधेसमा राजनीति गर्ने पार्टी भएको र अहिले सीमाङ्कनको विवाद पनि तराई-मधेसमै देखिएकोले यो शब्दावली राख्न मानिदिन जोड गरे।
बोल्दा बोल्दै देव भक्कानिए र रोए। गच्छदार र अरु केहि नेताका पनि आँखा रसाए। तर सिटौला र ओलीले सो शब्दावली कुनै हालतमा पनि राख्न नसकिने अडान लिए।
छलफल सकियो, संविधानमा सभासदहरुले हस्ताक्षर गर्ने समय हिजो साँझसम्म थियो। फोरम-लोकतान्त्रिकका सभासदहरू त्यो अवसरबाट बन्चित भए। मधेसको सबै भन्दा ठूलो दललाई संविधानसभामा ल्याउने अवसरबाट मुख्य दलहरु चुके।
तीन मुख्य पार्टी भित्रकै केहि सभासदले सिटौला, ओली र देउवाको अडानलाई  ‘अनावश्यक अहंकार’ भनेका छन्।
तर शुक्रबार साँझ संविधानसभा परिसरमा पत्रकार माझ सिटौलाले सगर्व घोषणा गरे-  ‘तराई-मधेस’ भन्ने शब्द मैले राख्न नदिएको हो। ‘तराई-मधेसमा मात्रै समस्या छ भनेर देखाउन खोजिएको हो, त्यसको के अर्थ लाग्छ?’

 

 

 संसद अधिवेशन अन्त्य हुँदै, नयाँ सरकार गठनमा ढिलाइ हुने

संसद अधिवेशन अन्त्य हुँदै, नयाँ सरकार गठनमा ढिलाइ हुने

संसद अधिवेशन अन्त्य हुँदै, नयाँ सरकार गठनमा ढिलाइ हुने २०७२ असोज २ गते १४:४९ मा प्रकाशित २ असोज, काठमाडौं । व्यवस्थापिका संसदको अधिवेशन अाज शनिबार रातिबाट अन्त्य हुने भएको छ । यससँगै नयाँ सरकार गठन केही ढिला हुने भएको छ । प्रधानमन्त्री सुशीलको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले शनिबार राति ९ बजेबाट लागू हुने गरी संसद अधिवेशन अन्यको पत्र पठाएका छन् । -